राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक अगाडि उभिएर लिएको सामूहिक सपथको के भयो ? सबैलाई चेतना भया !

पृथ्वीनारायण शाह राष्ट्रिय एकीकरणका ऐतिहासिक नायक र त्यही कारण विशिष्ट राष्ट्रिय विभूति हुन्।उनलाई नेपाली जनता र नेपाल राष्ट्रले सधैँ स्मरण र सम्मान गर्नुपर्छ। पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई विभूति दिवसको रुपमा राष्ट्रिय विदासहित मनाइनुपर्छ।   सी•पी मैनाली

सबै दलका निर्वाचित केन्द्रीय सदस्यहरु, पदाधिकारीहरु, सांसदहरू तथा मन्त्रीपरिषद्ले निर्वाचित भएपछि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अगाडि उभिएर लिने सामुहिक सपथको व्यहोरा निम्ननुसारको छ-


हे राष्ट्रनिर्माता नेपाल र नेपालीका पहिचानदाता हामी राज्य बिरुद्ध कहिल्यै अपराध गर्ने छैनौं,कहिल्यै राष्ट्रघाती हुने छैनौं र देश र जनताप्रति जहिल्यै इमान्दार र बफादार हुने प्रतिज्ञा गर्दछौं ।

घुस दिन्या र घुस लिन्यालाई हामी पनि शत्रु मान्दछौँ। भ्रष्टाचार बिरुद्ध जहिल्यै संघर्ष गर्दै राष्ट्र निर्माताले अघि सारेको भ्रष्टाचार बिरोधि आचरण र कानुनको पक्षमा दृढतापूर्वक उभिने प्रतिज्ञा गर्दछौं । नेपाल सबै जातको साझा फूलबारी भनेको सबैको हक र हैसियत बराबरी समानता र समावेशी प्रजातान्त्रको मर्म पक्रदै राष्ट्रनिर्माताले अघि सारेको पृथ्वीविचारको  साझा राजमार्गबाट अघि बढेर नेपाललाई सबै किसिमले बलिया जनताको बलियो नेपाल बनाउने अभियानमा दृढ र सकृय भएर लागि रहने प्रतिज्ञा गर्दछौं ।

-----------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------

यी वाचाहरूको के भयो? किन देश अझै सम्म पनि बिकसित हुन सकेको छैन ? के हामी लोकतन्त्रको नाममा मुर्ख बनिरहेका छौं ? विचार गर्नुहोला !!

“Let the king see that great justice is done. Let there be no injustice in our country. Justice is crippled when bribes are given and when bribes are taken.” -Prithvi Narayan Shah

      खगेन्द्रराज सिटौला 
कृपया मेरो अन्य लेखहरू यहाँ पढ्नुहोस्।