के हो बास्तबिकबाद ?

यो मोडेलमा शुरक्षा, शिक्षा र स्वास्थ सरकारले जिम्मा लिन्छ त्यो पनि निशुल्क अब प्रस्न आउछ सरकारले कहाबाट बजेट ल्याउछ र निशुल्क गर्छ भन्ने कुरा ति शिक्षा र स्वास्थ्यमा काम गर्ने सम्पूर्ण कर्मचारीलाई चाहिने सामान बजारमा सहकारीले उत्पादन गरेर ल्याएको हुन्छ, सरकारले त्यसैबाट कर लिएर सबै कर्मचारीलाई तलब दिने हो र तिनै सामान खरिद गरि फेरी त्यो पैसा सहकारीमानै पुग्ने हो भन्ने कुरा बुझ्न जरुरि छ।

Jan 20, 2022 - 20:06
Jan 20, 2022 - 20:06
 0
के हो बास्तबिकबाद ?

बास्तबिकबाद 

प्रकृतिले हरेक जीव जन्तु प्राणिलाई बाच्नको लागि केहि न केहि प्रायोजन गरिरहेको हुन्छ जस्तै यदि भोलिदिखी सुर्य सेलाउने हो भने पृथिबीमा कुनै पनि  जिबजन्तु र प्राणिहरुको अस्तित्व रहने छैन। हामी देख्न सक्छौ हात्तिको ठुलो सरिर छ त्यसैले उसलाई आफ्नो खाना मुख सम्म पुर्याउनको लागि प्रकृतिले नै उसलाई सुड हालिदिएको हो, उटको अग्लो सरिरको लागि खान समस्या हुने हुदा उसलाई लामो घाटीको प्रायोजन गरेको हो त्यस्तै बागले मासु खाने हुदा उसलाई आक्रमण गरेर खानु पर्ने हुदा प्रकृतिलेनै उसलाई छिटो दगुर्न सक्ने र साथै बल पनि प्रायोजन गरेको छ। गाई, भैसी आदिको सरिर पनि अलिकति अग्लो हुने हुदा उनीहरुलाई पनि खाना सजिलो होस् भनेर मुख टाउकोको तल पट्टी झुण्डाइदिएको छ। मानिसलाई मुख टाउको संगै जोडिएको अग्लो ठाउमा राख्दिएको कारण दुइ खुट्टाले हिन्न सक्ने र हातको प्रयोगले खाना सक्ने प्रयोजन गरेको छ त्यसमाथि मानिसलाई अत्याधिक तर्क बितर्क गर्ने लामो समयसम्म सम्झिन सक्ने अदभुत क्षमताको दिमाग प्रायोजन गरेको छ। यसरि हरेक जीव जन्तु र प्राणीलाई प्रकृतिलेनै बाच्नको लागि धेरै कुराको प्रायोजन गरेको हुन्छ। 

अरु प्राणि प्रकृतिको लयमा छन् त्यसैले उनीहरुको जिबन सहज छ तर मानिस आफ्नो त्यहि अदभुत दिमाग प्रयोग गरि प्रकृतिको लयबाट टाडा भएको हुदा मानिस जति दुखि प्राणि अरु छैन। बरु अरु प्राणीलाई पनि दुख्ख दिने काम चाही मानिसबाट हुदै आएको छ। करिब ३ लाख वर्ष अघि Homo sapiens जातिबाट सुरु भएको मानिस आफ्रिका हुदै संसारभर फैलिएको हो भन्ने बिस्वास गर्दै आईएको छ। करिब १२००० वर्ष अघिबाट मात्रै मानिसले ब्यबस्थित तरिकाले खेतीपाती र पशुपालनको सुरुवात गरेको मानिन्छ। यहि सुरुवातसंगै विभिन्न काम गर्दै बाच्नको लागि प्रकृतिसंग जुदाई गर्दै आफ्नो दिमागलाई प्रयोग गरेर नया नया आबिस्कार गर्न सफल भएको हो। प्राय जसो नया आबिस्कार नाफा कमाउने उधेस्यले आबिस्कार भएका होईनकि समस्याको कारण र मान्छेको नया नया आबिस्कार गर्ने रुचिका कारण भएका हुन् जस्तै Light को आविस्कार , जहाजको आबिस्कार, न्युटनको सिद्दान्त, आईस्टाइनको सिद्दान्त, Electromagnetic wave को पहिचान अहिलेको Facebook  आदिलाई लिन सकिन्छ। आबिस्कार पछि प्रयोगमा गैसके पछि नाफा कमिनु त्यो बेग्लै कुरा हो तर जति पनि संसारका ठुला ठुला मुख्य आबिस्कार छन् तिनीहरु उदेस्य नाफा नभई समस्यासंगको जुधाई र दिमागको सोच्न सक्ने शक्तिका कारणले भएको हो। 

प्रकृतिमा उपलब्ध साधन र स्रोतको प्रयोग गरि त्यसलाई जिबन उपयोगी सामान बनाउने क्रममानै मानिसले अनेकौ सामानहरु बनाउदै आएको हामि सबैलाई थाहानै छ। यो सामान बनाउने क्रममा संसारभरनै ठुलो बहस हुनुका साथै विभिन्न प्रयोग पनि हुदै आएका छन्। एकथरि जसलाई पुजिबाद भनिन्छ उनीहरुले हरेक व्यक्तिले आफ्नोलागि आफै गरे पछि स्वतः नै सबैको राम्रो हुन्छ भन्ने मान्यता राखेको हुन्छ भने अर्कोथरि जसलाई कम्युनिजम भनिन्छ उनीहरुले सबै कुरा केन्द्रिकृत गरि उत्पादन गर्ने र सबैलाई उनीहरुको योगदान अनुसार सामान उपलब्ध गराउने जसले गर्दा सबैलाई राम्रो हुन्छ भन्ने मान्यता लिएको हुन्छ। भावानात्मक रुपमा यी दुवैको कुरा राम्रो छ तर ब्यबहारमा लागु गर्दा यी दुवै अतिनै असफल हुदै गएका कारणले करडौ मानिस जनावरको जिबनस्तर भन्दा पनि तल्लो तहको जिबन जिउन बाद्यय छन्। पुजिबादमा केहि व्यक्तिहरुले प्राय ठुलो मात्रामा साधन र स्रोतको कब्जा गरेको हुनाले अन्य ठुलो जनसंख्या दास बन्न बाद्यय पारिएको छ। ठुला ठुला कम्पनि खडा गरेर आम जनतालाई  अलि अलि शेयर पनि दिएर आफु माथिल्लो पदमा बसी अत्याधिक धेरै तलब र सुबिधा लिने ब्यबस्था मिलाईएको छ, कुनै कुनै कम्पनीमा तल्लो तहको कामदार भन्दा करिब ३०० गुणा सम्म बडी तलब लिएका छन्। जनतालाई दोस्रो शेयर बजार खडा गरि जुवा खेलाईएको छ। अनि यो मोडेलमा मानिस अत्याधिक पैसा र नाफाको पछि कुद्ने हुदा मानिस पैसा र नाफाको लागि जे पनि गर्नको लागि तयार छ। पैसाको लागि हत्या, लुटपाट, झुट, ठगि गर्दै हिनेको छ, खाने सामानमा खाना नहुने सामान पनि मिसावट गरेको छ, अनाबस्यक झुट बिज्ञापन गरेर बेच्न तल्लिन छ। मान्छेको सुबिधा भन्दा पैसाको गन्तिलाइ सफलताको प्रतिक मानेको छ। पैसाको गन्तिलाई बृदी गर्ने उधेस्यले प्रकृतिको अत्याधिक दोहन गरेर बातावरणलाई अत्याधिक प्रधुसित पारेको छ। अत्याधिक तलब भिन्नताको कारणले पढ्न नसकेका मान्छेलाई जिबनभर काम गरेता पनि सामान्य सुबिधाको जिबन जिउन समेत कठिनाईको अबस्था खडा गरिएको छ। यस्ता अनेकौ समस्याले धेरै भन्दा धेरै मानिसहरु मानसिक रोगि भई आत्महत्या गर्न बाद्यय पारिएको छ जसको उदाहरणमा जापानको आत्महत्या दरलाई नियाल्दा पनि थाहा पाउन सकिन्छ, यो समस्या जापानमा मात्रै होईन संसारभर छ यसको मूल कारण यहि गलत आर्थिक मोडेलले सृजना गरेको खराब प्रतिफल हो। 

के पढ्न नसक्नु कुनै अपराध हो ? के नपढ्दैमा उसको काम बिकेको छैन र ? जब उसको काम बिक्छ भने किन उसलाई चरम सोसण गरेर अत्याधिक कम तलब दिने प्रायोजन खडा पारिएको छ ? हो पढ्नको लागि उत्प्रेरित गर्न अलिकति धेरै र कम तलबको ब्यबस्था गर्नु जायजनै छ किनकी शिक्षाबाटनै नया नया सिर्जना हुने हो तर त्यो भन्दैमा अत्याधिक तलब कम दिनु यो दास युगको निरन्तरता हो। 

दुर्तं गतिमा बिकास हुदै आएको प्रविधिले धेरै मानिसहरुलाई बेरोजगार बनाउदै छ, Amazon को Store मात्रै २ लाख रोबटहरुले काम गर्छन, अब ड्राइभर बिहिन कार आईसक्यो, सामान पुर्याउने काममा ड्रोनको प्रयोग हुदै छ, बिस्तारै ठुलो लगानी प्रविधिमा हुदै छ, मानिसहरु बेरोजगार बन्दै छन् अब प्रबिधि प्रयोग गरेर बनाईएका सामान बजारसम्म त आईपुग्छन तर अब बेरोजगार मानिससंग ति सामानहरु किन्ने पैसा नहुने  हुदा मानिसहरुले सुबिधा र सामानको प्रयोग गर्न नपाउने तर बजारमा सामानहरु अट्किएर बस्ने अवस्थाको सिर्जना हुदै छ। प्रबिधिको प्रयोग बन्द गरेर फेरी मानिसलाई काममा लगाउदा प्रबिधिमा गरेको ठुलो लगानी घाटा भई ब्यबसायी तथा बैंकनै डुब्ने अबस्था आउने छ। प्रविधिको प्रयोग गरे सामान बजारमा आट्किने मानिसले किन्न नसक्ने अबस्था भई अबको २५, ३० वर्षमा पुजिबादको युग सकिने छ। 

कम्युनिजममा चाहि सरकारमा सधैभरि असल सासक नहुने हुदा जनताले कुनै पनि बेला ठुलो दुख्ख झेल्नु पर्ने हुन्छ, यो मोडेलमा जनताले आफ्नो तरिकाले काम गर्न नपाउने हुदा काममा अल्छिपन आउने, सृजनशीलता हराएर जाने जसको कारणले ठुलो आर्थिकरुपले सम्मपन्नशालि बन्न यो मोडेलमा निकै कठिनाई हुने हुदा संसारमा यो मोडेल Cuba र North कोरियामा मात्रै सिमित हुन पुगेको छ। यी दुवै मोडेलका केहि राम्रा पक्ष र केहि खराब पक्षलाई राम्रोसंग बुजेर यिनै दुइ मोडेलको बिचमा बसेर अब नेपालीले संसारलाई उपयुक्त मोडेल दिनुपर्ने अबस्था आएको हो, जसरि बुद्दले संसारलाई शान्तिको बाटो सिकाए त्यसै गरि फेरी हामि नेपालीको काधमा ठुलो जिम्मेबारी संसारले सुम्पेको छ। संसारको सबै भन्दा अग्लो हिमालपनि हाम्रै भूमिमा रहेको हुदा त्यहि भूमिको नाम र माटोबाट अब संसारलाई उपयुक्त आर्थिक मोडेल दिएर संसारभरको यो गरिबी र बेअर्थको बादबिबाद सुल्झाउने समय आएको छ।  

बास्तबिकबाद 

संसारमा थुप्रै मोडेल प्रयोगमा आए तर कुनै त्यस्तो मोडेल निर्बिकल्प बन्न सकेन त्यसैले अब नेपालीले संसारलाई हरेक कोणबाट निर्बिकल्प मोडेल दिने हिम्मत गर्नु पर्ने अबस्था आएको छ। बास्तबमा के सत्य हो त्यो किसिमको आर्थिक मोडेल दिनुनै बास्तबिकबाद हो। यो मोडेलको सुरुवात नेपालबाटनै गरि हामीले केवल २५, ३० बर्समा संसारकै उत्क्रिस्ट देस बनाएर देखाईयो भने अनि संसारले कुनै विकल्पका बारेमा नसोची हाम्रो  बास्ताबिकबाद मोडेल प्रयोग गर्ने छ। 

यो मोडेलमा कुनै पनि व्यक्ति चाहेर पनि गरिबी र अभाबमा बाच्नु पर्दैन, साथै कुनै पनि व्यक्तिले आफ्नो क्षमता प्रयोग गरि धेरै माथिल्लो स्तरमा पुग्नको लागि पनि बाटो खुल्ला रहेको हुन्छ, यो मोडेलमा प्रविधिको अत्याधिक प्रयोग गरेर मानिसहरुको काम गर्ने समयलाई छोटो पारि प्रकृतिसंग रमाउने, घुम्ने, पारिबारिक जमघट हुने र मानसिक रुपले स्वस्थ रहने अबस्था सृजना गर्न सकिन्छ। सामान्य अर्थमा बिकास भनेको भौतिक र मानसिक रुपले सुबिधा सम्पन्न जिबन जिउनुलाईनै भन्ने गरिन्छ। कुनै पनि कुरा चाय प्रबिधि होस् चाय दैनिक रुपमा हामीले प्रयोग गर्ने सामान र सुबिधा होस् ति सबैको निर्माण प्रकृतिमा उपलब्ध साधन र स्रोतको प्रयोग गरि मानिसले त्यसमा काम गरे पछि बन्ने हो। अब मानिसलाई दैनिक रुपमा के के सामानको आबस्यक्ता परेको छ त्यो त्यो सामान उत्पादन गर्दै जानुनै यो मोडेलको मुख्य बिसेसता हो। अब हामीले हेरौ १ जना मान्छेले १ वटा भैसी, ३ वटा बाख्रा अनि अलिकति खेति गरेर ६५% जनता यस्तो निर्वाहामुखी जिबन बिताउन बाद्यय छन्। अब यी जनताहरुलाई आफ्नो जिबन सुबिधा सम्पन्न गराउनको लागि  चाहिने बस्तु र सेवाहरु धेरै छन् तर त्यस्तो किसिमको निर्वाहमुखी काम गरेर ति बस्तु र सेवा कहिल्यै प्राप्त हुदैनन् यो गाउ गाउ को ब्यथा भयो अब सहरलाई निहाल्यौ सहरमा पनि एक एक वटा सटर भाडामा लियो बिहान ७ बजेनै पसल खोल्न पुग्यो बेलुका ९ बजे सम्म पसल कुर्यो कुर्यो अलि अलि बिक्रि हुन्छ अनि त्यसैबाट जिबिका चलायो यो क्रम निरन्तर वर्ष भरिनै चलिरहन्छ। यहि हो मानिसको जिन्दगि ? यसरीनै चलेको जिन्दैगीलाई के तपाई सफल जिबन जिएको छु भन्ने सोच्नु भएको छ ? बिस्तारै आखा खोल्नोस र  पैसा भनेको  के हो सोच्नोस ? यसको उत्पति कसरि भयो? अहिले कसरि छापिन्छ ? आदि बारेमा पढ्नोस। अनि हामीलाई के चाहिएको हो तर हामि के मा अल्झेका छौ बिस्तारै जताततै निहाल्नोस। त्यहिबाट निर्बिकल्प बास्ताबिकबादको  जन्म तपाइहरु सबैको दिमागमा आउने छ। 

यस मोडेलमा मान्छेका आधारभूत आबस्यकता सामानहरु जस्तै खाना, कपडा, जुत्ता सामान्य प्रकृतिका घरहरु यी सबैको उत्पादन र वितरण अब जिल्ला जिल्लामा उक्त जिल्लाका इच्छुक व्यक्तिहरुसंग सहकारी मोडेलबाट शेयर उठाएर भए सम्म आफ्नै स्रोत र साधनको प्रयोग गर्ने नभए आयात गरेर उत्पादन गर्ने र देसै भरि यिनै सहकारीको माद्यमबाट बिक्रि वितरण गर्न सकिन्छ। कुनै पनि व्यक्तिलाई कानुनले दिएको आधिकार भित्र रहेर कुनै पनि ब्यबसाय गर्न निशेद गरिएको हुदैन त्यसैले कुनै पनि व्यक्ति बिसेसको क्षमता र सृजनशीलता कहिल्यै पनि मर्दैन। प्रत्येक जिल्लामा सहकारीबाट ठुलो मात्रामा उत्पादन र वितरण काम हुने हुदा काम गर्न इच्छुक व्यक्तिले उसको योग्यता र क्षमता अनुसार काम पाउने छ। यदि काम थोरै भयो र काम गर्ने इच्छुक व्यक्ति धेरै भए भने हामीले कामको घण्टालाई ८ घण्टाबाट घटाएर छोटो पार्न पनि सकिन्छ। यो मोडेलबाट जादा बित्तिकै कुनै पनि मानिस बेरोजगार बस्नु पर्दैन, बेरोजगार बस्नु पर्ने अबस्था आयो भने पनि उसलाई आधारभूत आबस्यकताका सामान किन्न सक्ने गरि बेरोजगार भत्ता दिन सकिन्छ किनकि बजारमा आएको सामानबाट सरकारले कर लिने हो र त्यहि कर बेरोजगारीलाई दिदा तिनै सामान किन्ने हो। तराईका सहकारीले खाद्यान्न तथा कपडा उत्पादन गरे जस्तै अब हिमालका सहकारीले जडिबुटिको प्रसोधन गर्ने छन् साथै विभिन्न रोमान्चकारी खेलहरु खेल्ने सामान बनाउने छन् जसले आन्तरिक तथा बाहिरि प्रयटकलाई आकर्षित गर्ने छ। तराइका मानिस हिमाल घुम्न जाने छन् र उनीहरुको होटेलमा बसेर रमाइलो खेल खेल्दै प्रकृतिसंग रमाउदै अलिकति पैसा दिएर आउने छन् फेरी हिमालतिरका मान्छे तराई आएर तिनै पैसाले आफुलाई चाहिने सामान किनेर लाने छन् आखिरमा बास्तबिक कुरा बस्तु विनिमयनै हो तर पैसाको प्रयोग गरेको कारणले गर्दा सबै जना अलमलियर दुख्ख पाएको अबस्था हो। त्यसैले फेरी हामि प्रविधिको अत्याधिक प्रयोग गर्दै केहि आधारभूत सामानहरु  यसरि उत्पादन गरेर प्रयोग गर्दा सबैको जिबन एकै पटकमा माथि ल्याउन सकिन्छ। 

छोटो अबधिमा बिकास गर्नको लागि ठुलो बाधक कुरा महंगी हो, खुल्ला बजारको अबधारणामा ब्यापारीहरु आफ्नो सामानको मूल्य तय गर्न स्वतन्त्र हुने गर्दछन। जब बिकासको गति बढाउनको लागि ऋणलाई सहज र सस्तो पारिन्छ तब धेरै आर्थिक गतिबिधि बढ्न जान्छ र मानिसहरुले धेरै सामानको खरिद गर्न थाल्छन त्यहि बेलामा कमाउने समय यहि हो भनेर ब्यापारीले सामानको मूल्य बृदी गर्छन। जब सामानको मूल्य बृदी हुन्छ तब तल्लो तहमा बसेर काम गर्ने मानिसहरु काम गर्दा गर्दै आफुलाई चाहिने आधारभूत सामानहरु पनि पहिले जति खरिद गर्न नसक्ने अबस्थामा पुग्छन, फेरी त्यतिनै बेला महंगी बडेको कारणले पहिले भन्दा बिदेसी बस्तुहरुको प्रबेस अधिक हुने हुदा अब स्वदेसी सामानको बिक्रीमा कमि आई स्वदेसी उधोगहरु अफ्ठेरो  अबस्थामा पुग्छन त्यस्तो अबस्थालाई नियन्त्रण गर्न केन्द्रिय बैंकले फेरी ब्याज महँगो पार्ने र ऋण प्रबाह गर्न  पनि कसिलो पार्ने नीति लागु गर्छ, जसका कारण आर्थिक गतिबिधि घट्न गई बेरोजगारको दर बृदी हुन्छ। यहि जटिल अबस्थाको बाटोबाट हिन्नु पर्ने हुदा खुल्ला बजारको नीतिबाट छोटो समयमा चमत्कारिक बिकास गर्न सकिदैन। यो समस्याको सुद्द हल अब  बास्ताबिकबाद  मोडेलमा हुने छ। यस मोडेलमा मालिक, कामदार र उपभोक्ता पनि आफै हुने हुदा मूल्य तय पनि निश्चित अबधिसम्म स्थिर राख्न सकिन्छ, माग बड्दैमा मूल्य बढाउनु पर्ने आबस्यकता नहुने हुदा अनाबस्यक बिदेसी बस्तुको प्रबेसलाई स्वतः निरुत्साहित गर्न सकिन्छ। सहकारी मोडेलबाट ठुलो मात्रामा उत्पादन र बिक्रि वितरण हुने हुदा लागत कम पर्न आउछ जब लागत कम पर्छ तब हाम्रा बस्तु अन्य देसहरुमा पनि बिक्रि हुने छन्। साथै देस भित्र अन्य व्यक्तिले पनि ब्यबसाय गर्न त पाउछ तर समग्र बजारको मुल्यलाई व्यक्तिको बस्तुको मुल्यले असर गर्दैन त्यसैले हामीले निरन्तर रुपमा ब्याजलाई सस्तो र सहज गराएर बिकास छोटो अबधिमा माथि पुर्याउन सकिन्छ। 

यो मोडेलमा शुरक्षा, शिक्षा र स्वास्थ सरकारले जिम्मा लिन्छ त्यो पनि निशुल्क अब प्रस्न आउछ सरकारले कहाबाट बजेट ल्याउछ र निशुल्क गर्छ भन्ने कुरा ति शिक्षा र स्वास्थ्यमा काम गर्ने सम्पूर्ण कर्मचारीलाई चाहिने सामान बजारमा सहकारीले उत्पादन गरेर ल्याएको हुन्छ, सरकारले त्यसैबाट कर लिएर सबै कर्मचारीलाई तलब दिने हो र तिनै सामान खरिद गरि फेरी त्यो पैसा सहकारीमानै पुग्ने हो भन्ने कुरा बुझ्न जरुरि छ। यस मोडेलको दिर्घकालिन योजनामा सम्पूर्ण आर्थिक कारोबार Digital Money को प्रयोग गरि केन्द्रिय बैंकले मात्रै संचालन गर्ने ब्यबस्था गर्ने हो, साथै Insurance कम्पनिलाई पनि सरकारको मातहतमा राखी देसै भरिका सामान र जनता एकै पटकमा Insurance कभर गर्न सक्ने गराउने हो। जसरि सामान बिक्रि गर्दा बिक्रि कर जोडिन्छ त्यसै गरि अलिकति पैसा सामान बिक्रि हुदाको बखतमानै बिमाको कोसमा गयर जम्मा हुने ब्यबस्था गरिएको हुन्छ जसले गर्दा बैंक र बिमा कम्पनीमा अल्झेर अनुत्पादक काम गरेका धेरै कर्मचारीलाई उत्पादनमुलक काममा लगाउन सकिन्छ। साथै संसारभर छरिएर रहेका नेपालीको पैसा नेपाल भित्राउन एउटा Remittance App NRB ले गराएर Visa card सग समन्वय गरे पछि सबै Remittance कम्पनीमा अल्झेर बसेका मानिसहरुलाई उत्पादनशिल काममा लगाउन सकिन्छ। अब संसार बिधुतिय गाडीमा अगाडी बडेको छ जुन हाम्रालागि पनि राम्रै कुरा हो। तत्कालै हामीले ब्याट्री उत्पादन गर्न नसकेता पनि ब्याट्री आयात गरि बिधुतिय गाडी निर्माणमा हामि लाग्नु पर्ने हुन्छ। यसरि यो मोडेलले मान्छेलाई अनाबस्यक ठाउमा अल्झनबाट निकाली उत्पादनशील काममा लगाउने हुदा संसारनै चकित हुने गरि हामीले बिकास गर्न सकिन्छ र यो देखे पछि संसारभरका अर्थसास्त्रमा रुचि राख्नेहरु हाम्रो देसको बास्तबिकबाद  मोडेल हेर्नको लागि पनि आउने छन् जुन हाम्रो बिदेसी आयको स्रोत पनि हुने छ। हामीले अहिले चलिरहेका निजि शिक्षा र स्वास्थ्य सस्थालाई रास्ट्रीयकरण गर्न मिल्दैन तर सरकारले आफ्नो गुणस्तर बृदी गरे पछि ति सस्थाहरु स्वत घाटामा जाने छन् र सरकारले त्यहि मौकामा सबै खरिद गरि शिक्षा र स्वास्थ निशुल्क गर्न सक्ने छ। खासमा मुख्य कुरा सिमित साधन, स्रोत र मानिसलाई अधिकतम फाइदा हुने गरि प्रयोग गर्नुनै यो मोडेलको मुख्य उधेस्य हो अब यो मोडेलनै संसारको निर्बिकल्प मोडेल बन्ने छ र संसारबाट बाद्यता बनाई सिर्जित गरिएको दास युगको बास्तबिक रुपले अन्त्य हुने छ। 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Padam Prasad Chalise I am an independent-self motivated writer. I have a dream to end poverty in the world. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register