आखिर पैसामा राजाको तस्बिर राख्ने चलन कसरि सुरुवात भयो ?

हामी सबैलाई थाहा छ कि संसारका धेरै देशरुको पैसामा राजा, रास्ट्रपति तथा राष्ट्र प्रमुखको फोटो राख्ने चलन छ, यो चलन यत्तिकै चलेको होईन यसका पछाडी सिलसिलाबद्ध कारणहरु छन्, जसका बारेमा चर्चा गरिने छ। 

Jan 19, 2022 - 18:48
 2
आखिर पैसामा राजाको तस्बिर राख्ने चलन कसरि सुरुवात भयो ?

मानब जातिको सुरुवाती चरणदेखि धेरै पछिसम्म मानिसहरु समुहमा बस्ने, समुहमा मिलेर काम गर्ने र चाहिएको सामान पनि मिलेर प्रयोग गर्ने चलन थियो। बिस्तारै जनसख्या बढ्दै गएसंगै सामुहिक काम गरेर, सामुहिक रुपमा चाहिएको सामान लिने काममा बिबाद आउन थाल्यो र बिस्तारै आफ्नो आफ्नो काम गर्ने चलन चल्दै गयो , अब सबैले आफ्नो आफ्नो काम गर्न थाले पछि कोहि एक जनाले आफुलाई चाहिएको सबै सामान बनाउन सक्दैन त्यसैले आफुले बनाएको सामान अरुलाई अलिकति दिने र उसबाट आफुलाई चाहिएको सामान लिने चलन चल्यो। जसलाई बस्तु विनिमय प्रथा भनेर चिनिन्छ। अब कति मकै बराबर एउटा सर्ट साट्ने त भन्दा मकै बनाउदा लागेको श्रम र सर्ट बनाउदा लागेको श्रम हिसाब गरेर मोलतोल गर्थे। सुरुवाती चरणमा बजारको ब्यबस्था थिएन सामान साट्ने मान्छे, अर्को साट्न खोजेको मान्छे खोज्दै हिन्नु पर्थ्यो, बिस्तारै मान्छेलाई अक्कल आयो र यसरि खोज्दै हिन्नु भन्दा त जस जसले जे जे बनाएको छ त्यो त्यो लिएर एउटा ठाउमा भेला भएर सामान साटा साट गर्दा सजिलो हुन्छ भन्ने त्यो बेलाको ठुलो बिचार निर्माण गरेर सबै जना कुनै एक ठाउमा जम्मा हुने चलन भयो, त्यो गर्दा सबैलाई सुबिधा पनि भयो त्यहि पहिलाका समान साटासाट गर्ने प्रचलित ठाउँनै अहिलेका  ठुला ठुला सहरहरु हुन्। अनि यस्तो भेला भएर सामान साटासाट गर्ने ठाउ चाहि नदिको छेउछाउ चयन गर्ने गर्थे किनकि दिनभरि पानीको आबस्यकता पर्दछ त्यसैले नदीको छेउछाउ बस्दा पानीको सहज उपलब्धता हुने हुँदा त्यस्ता ठाउहरु रोज्थे आजपनि हामीले देख्न सक्छौ संसारका ठुला ठुला र पुराना सहरहरु प्राय नदि छेउछाउनै रहेका छन् यिनीहरुको क्रमिक बिकास त्यो बेलादेखिदै हुदै आएको हो। 

यसरि मान्छे जम्मा भएर सामान साटासाट गर्दा फेरी मान्छे र सामान बढ्दै  गए पछि  सामान साटासाट गरेर कारोबार गर्न पनि झन्झटिलो हुन थाल्यो र यस्तो किसिमको समस्यामा मान्छे फसे जस्तै आफुसंग १०० किलो आलु छ, त्यो १ महिना भित्रमा कसैलाई दिएर, अर्को आफुलाई चाहिएको सामान नलिए आलु बिग्रिन्छ तर आफुलाई चाहिएको मकै, धान र गौ २ महिना पछि आइपुग्छ, यस्तो अबस्थामा सामान साट्न त मिलेन, नमिले पछि उसले आलु लिने सबैबाट सम्झिनको लागि केहि कुरा लियो जस्तै सिपिका टुक्रा लियो र आलु उनीहरुलाई दियो, २ महिना पछि मकै, धान र गौ लिए पछि त्यो सिपिका टुक्रा उनीहरुलाईनै फिर्ता गर्दियो। अब मान्छेलाई थाहा भयो कि यसरि सम्झिनको लागि बिचमा केहि कुराको प्रयोग गर्दा ससिलो हुने रहेछ भनेर अनि त्यो चलन विभिन्न समाजमा फैलिदै गयो। त्यसपछि कतै जनावरको छाला, खुर, सिङ्गलाई प्रयोग गर्न थाले कतै  बिशेष किशिमको ढुंगालाई प्रयोग गर्न थाले, कतै सुर्ती, चुरोटलाई पनि प्रयोग गर्न थालियो कतै गौ, जौ लाई कुनै भाडाले नापेर त्यसैलाई आधार मान्न थालियो, जे होस् बस्तु विनिमयबाट बिस्तारै बिचमा सबैले मान्ने कुरालाई एउटा माध्यम बनाउन थालियो र कारोबार संचालन गरियो अनि बजार पनि पहिला सम्बन्धित मान्छेले सिधै जोसंग हो त्योसंग कारोबार गर्ने चलन थियो तर बिस्तारै अब बिचमा ब्यापारी आएर सामान बेच्न खोजेकोसंग लिने र किन्न खोजेकोलाई बेच्ने चलन पनि चल्यो। यसरि ब्यापारीको चलन चले पछि व्यापारीले त लामो समयसम्म स्टोर गरेर राख्नु पर्ने भयो अब उसलाई त्यो बिचको मानिएको सामान जस्तै सिङ्ग, छाला, ढुंगा, गौ वा जौ आदिलाई स्टोर गरेर राख्न त झन्झट भयो त्यसैले बिस्तारै मानिसहरुले बिचको मानिएको बस्तुलाई धातुको प्रयोग गर्न थाले जस्तै तामा, चादी, स्टिल, सिल्टे आदि। 

मानिसहरु  र उत्पादनका सामानहरु बढ्दै गए संगै ति धातुका टुक्राहरु पनि बिस्तारै प्रयोग गर्न पनि झन्झटिलो हुन थाल्यो जति बेला पनि ति टुक्रा जोख्नु पर्ने हुदा त्यो पनि झन्झटिलो भयो साथै यता र उता लान ल्याउन पनि अफ्ठेरो भयो त्यसैले गाउका सबै जना मिलेर ति सबैका टुक्रा गाउको मुखिया जो अल्लि  बलियो  ठुलो र  सबैलाई काबुमा राख्न सक्ने मान्छे छ त्यसकोमा लगेर राख्ने र जस जसले जति जति किलो राखेको छ त्यो किलोको आधारमा साना साना टुक्रा गरेर लिने भन्ने सहमति गरे  अब १० किलो राखेको मान्छेले १० वटा साना टुक्रा पायो, अनि ५ किलो राखेकोले ५ वटा टुक्रा पायो, बास्तबिक ठुला धातु चाही मुखियाको घरमा राखियो त्यसैको आधारमा सानासाना टुक्रा चलनमा ल्याइयो। बडा काइदाको चलन चलाएछन केटाहरुले जे होस् मान्नै पर्छ त्यो बेलाको आईडियालाई, अब ति टुक्रा पाउन कसैले केहि उत्पादन गर्नु पर्थ्यो अर्कोलाई दिए पछि आफुले ति टुक्रा पाईन्थ्यो र ति टुक्राले अरुबाट किन्न सकिन्थ्यो यसरि सबैले ति धातुका टुक्रालाई बिस्वास मानेर कारोबार गरेका थिए,  तर त्यो बेला पनि फटाहा मान्छे रहेछन, जसले उत्पादन पनि नगर्ने मुखियाकोमा लगेर अरुले जस्तै ठुलो धातु पनि पनि नराखी चलन चल्तीको जस्तै सानो नक्कली टुक्रा बनाएर सामान लिन थाले, त्यो गर्दा त जसले सामान बनाएर बेचेर टुक्रा लिएको छ उसलाई बडी दुख्ख गर्नु पर्यो तर फटाहा मान्छेले त सामान उत्पादन गर्न भन्दा त्यहि धातुका नक्कली टुक्रा बनाएर अरुसगबाट सामान लिन थाल्यो यस्तो गर्दा बित्तिकै त धातुका टुक्रा धेरै आबस्यक सामान कम हुन थाल्यो जसले गर्दा मान्छेहरुले नक्कली बनाएको कुरा थाहा भयो र नक्कली बनाउनेलाई समाजले सजाय पनि दियो। अब यो नक्कली समस्या हटाउनको निम्ति  ति धातुको टुक्रालाई बिसेष किसिमको बनाउने र १०  किलो जम्मा गरेको लाई १० लेख्ने ५ किलो जम्मा गरेकोलाई ५ किलो लेख्ने चलन चल्यो। 

यसो सोचौ त कति दुख्ख गरेर मकै उत्पादन गरिन्छ अब १०० किलो मकै त्यो जाबो १०० लेखेको सानो धातुको टुक्रा लिएर दिन त खासै मन लाग्दैन नि  तर दिन बाद्य भईन्छ किनकि त्यो टुक्रालाई समाजमा सबैले मान्यता दिएका छन् र त्यो धातुको टुक्रा दिएर आफुले पनि अरुबाट सामान लिन सकिन्छ  भन्ने बिस्वास भएपछि त्यो धातुको टुक्रा सबैले स्वीकारेर कारोबारमा प्रयोग हुने हो । अब सामान्य धातुका टुक्रा अरुले पनि नक्कल गर्दै गए पछि अल्लि गतिलो धातु जुन सहजै बनाउन नसकियोस बनाउदा पनि समय श्रम लाग्ने होस् भनेर चादी र सुनलाई  मान्न थालियो। त्यो बेला देखिनै सुन हेर्दै अलिकति राम्रो र पाउन पनि गाह्रो पर्ने र बनाउन समय र श्रम लाग्ने हुदा सुनको सिक्कालाई अरुको सिक्का भन्दा अल्लि महँगो सिक्काको रुपमा मान्यता दिन थालियो जसको निरन्तरता अहिलेसम्म चलिरहेको छ। 

यता पैसाको बिकासक्रम चल्दै थियो उता फेरी मान्छे बीच लडाई हुने आफ्नो इलाका बनाउने कब्जा गर्ने राजा बन्ने चलन पनि चल्दै थियो यसै बेला विभिन्न समाजलाई जोडेर एउटा देस बनाई राजा बन्ने चलन चल्यो। जब राजा भयो अब विभिन्न समाजका मुखियाको घरमा भएको त्यो तामा चादी र सुनका थुप्राहरु राजाकोमा लगेर राख्न थालियो, मान्छेहरुले त्यहि थुप्रोको आधारमा ति साना साना टुक्रा बनाएर, त्यसलाईनै आधार मानेर कारोबार गरेका थिए। मान्छेको जनसंख्या बड्दै गएसंगै त्यो सानो टुक्रा नक्कली बनाउने चलन पनि चल्न थाल्यो, जब मान्छेले बास्तबिक बनाउन पर्ने सामान नबनाएर, नक्कली बनाएर बजारमा सामान किन्न जान्छ तब बजारमा सामान कम हुदै जान्छ, ति धातुका टुक्रा बड्दै जान्छन, यो कुरा थाहा पाए पछि केहि जनताले राजालाई जानकारी गराए अनि जब राजाले त्यो नक्कली बनाएको थाहा पाए तब राजाले सोचे यो सबैले मान्यता दिएको कुरालाई नक्कली बनाउदा त कारोबारमा बिस्वास हुदैन जब कारोबारमा बिस्वास हुदैन तब मान्छेहरुले कुनै पनि कुरा उत्पादन गर्दैनन्, जब उत्पादन गर्दैनन् तब भोकभोकै मर्न सक्छन, फेरी पुरानो टुक्रालाइ रद्द गरेर नया जारि गर्दा सबैले स्वीकार गरेनन भने फेरी अफ्ठेरो पर्न सक्छ। त्यसैले समाज र मान्छेलाई विश्वास दिलाई , मान्छेलाई यो त राजाको पैसा हो राजा त धनि छन् हामीलाई जति बेला पनि यो पैसा बराबरको सामान दिन सक्छन भन्ने पार्नु पर्थ्यो। यो राजाको पैसा हो सबैले स्वीकार गर्नु पर्छ भन्ने पनि  बनाउनु थियो, साथै यो राजाको पैसा जस्तो अर्को नक्कली बनाउन हुदैन भन्ने पनि पार्नु पर्थ्यो। त्यो सबै गरेर मानसिक रुपमा मानिसलाई कुनै न कुनै रुपमा त्यो सिक्कामा बिस्वास दिलाउन सक्नु पर्थ्यो। त्यसैले राजाले जनताबाट पुराना सबै सिक्का लिएर त्यस सिक्काकामा आफ्नो फोटो जस्तो कुद्न लगाए अनि सबैलाई भने जसले यो मेरो फोटो भएको पैसा जस्तै  नक्कली बनाउछ त्यसलाई ठुलो कारबाही हुने छ भने र नक्कली बनाउनेहरुलाई कारबाही पनि गरे त्यहि नक्कली सिक्का बनाउनेलाई गरेको कारबाही आजसम्म पनि नक्कली पैसा बनाउनेलाइ ठुलै कारबाही हुने चलन छ किनकि सबैले नक्कली पैसा बनाएर सामान बनाउन छोडे भने मान्छेसंग पैसानै पैसा हुन्छ तर किन्ने सामान हुदैन र भोकमारिले मान्छेहरु मर्न थाल्छन त्यसैले नक्कली पैसालाई तुरुन्तै जफत गरेर बनाउनेलाई कारबाही गर्नु पर्ने हुन्छ। 

पैसामा सबैको मान्यता के हो भने मैले १०० रुपिया कमाउन जति मेहनत गर्नु पर्छ र अर्कोले पनि त्यतिनै मेहनत गर्नु पर्छ भन्ने मान्यतामानै पैसालाई सबैले स्वीकार गरेको हो। पैसाको चलनले कारोबारमा अतिनै सहजता भएको छ। पैसाको प्रयोगलेनै पैसालाई सजिल्यै जतापनि ओसारपसार गर्न सकिन्छ ,पैसाको प्रयोगलेनै अहिले धेरै काम गरेर भबिस्यको लागि संचय गर्न सकिन्छ। यदि पैसाको प्रयोग हुन्नथ्यो भने त्यो सम्भब थिएन आजको बिकास हुनुको मुख्य कारणनै पैसाको प्रयोगमा आएको सहजता पनि हो। यदि पैसा प्रयोग नभएको भए, मैले १०० किलो आलु बेचेर मलाई चाहिएको सामान लिन निकै झमेला व्यहोर्नु पर्ने थियो। त्यसैले पैसाको कारणले हरेक मान्छेलाई निकै सुबिधा भएको छ। तर त्यो सुबिधाको साथ साथै यसका खराब पक्ष पनि निकै गम्भिरका साथ आए। जस्तै पैसा भएको मान्छेबाट लुटेर, मारेर लिन थाले त्यो पैसाको सबै भन्दा खराब पक्ष भयो। जब पैसा बन्यो तब पैसाको लागि मान्छे जे गर्न पनि थाल्यो मान्छेमा दयामाया, आत्मियता, भाबना, सहयोग, मेलमिलाप हराउदै गयो र मान्छे पैसाकै पछि पछि मात्रै कुद्ने अबस्था आयो यो पनि पैसाको खराब पक्ष भयो। पैसाको प्रयोगको कारणले मान्छेले भ्रस्टचार गर्न मिल्ने भयो जुन पैसाको अर्को ठुलो खराब पक्ष देखा पर्यो।पैसाको प्रयोगले नै सिमित मान्छेहरु असाध्यै धनि र धेरै मानिस गरिब हुनु पर्ने अबस्थाको निर्माण भयो।  यी सबै खराब पक्षका बाबजुद पनि बिना पैसा अब समाजको आर्थिक गतिबिधि सम्भब चाही हुदैन।किनकि मैले कुनै एउटा होटेलमा काम गर्छु अब त्यो काम गरे बापत मलाई होटेलले  केहि कुरा दिनु पर्यो त्यो होटेलले  दिएको केहि कुराबाट मलाई चाहिएको अनेकौ कुरा लिएर आउन पैसा बाहेक अरु बिकल्प हुन सक्दैन, हो अब कागजका र सिक्काका पैसा नभए पनि चल्छ तर केहिनकेहि सबैले मान्यता दिने चिज चाही हुनु पर्छ।  अहिले त्यो बिस्तारै कम्पुटरको अंकमा चलेको छ जसलाई हामी डिजिटल पैसा भन्छौ बिस्तारै पैसाका स्वरूप परिबर्तन हुदै आए तर पैसा चाही अब हट्न सम्भब छैन। पैसाका यिनै माथिका खराब पक्षलाई राम्रोसंग बुजेर कसैगरि मिलाउन सम्भब नभए पछि Karl Marx  ले  बिना पैसाको समाज कल्पना गरेका थिए। 

यसरि पैसा भनेको कुरा सबैले मान्यता दिएको कुनै एउटा सजिल्यै यता र उता गर्न मिल्ने, संचय गर्न मिल्ने सिक्का, कागज वा कम्पुटरको अंक हो। यसरि सबैको बिस्वास जित्नको लागि, नक्कली बनाउन रोक्नको लागि तथा मानसिक रुपले सबैलाई महत्वपुर्ण छ है भनेर भ्रम पार्नको लागि पहिले सिक्का र पछि कागजका नोठहरुमा राजाको तस्बिर राख्ने चलनको सुरुवात भएको हो। खासमा सुन, चादी पनि केहि होईन, सबैले मान्यता दिएकोले पछि बिस्तारै कतिपय समाजमा त्यसलाई गहना बनाएर लगाउने चलन चल्यो, जसलाई मान्छेले प्रतिष्ठाको रुपमा लिन थाले त्यो पनि सबैले मान्यता दिएर भएको हो। बिस्तारै समाज बड्दै गएसंगै राजाकोमा राखेका तामा, चादी र सुनका थुप्राहरुलाई एउटा बैंक बनाएर त्यतै सारियो तर पैसालाई शक्तिसाली देखाई राख्न राजाको फोटो हाल्ने चलन चाही अहिलेसम्म कायमनै छ। जब मान्छेहरु छरियर टाडा टाडा सम्म बस्न थाले फेरी तिनीहरुको पैसा जम्मा गरेर अर्कोलाई ऋण दिने भन्दै बाणिज्य बैंकहरु पनि स्थापना भए । तर अब प्रबिधिको प्रयोगसंगै कागजको नोठ, बाणिज्य बैंकहरु  केहि बर्षमा हटेर सबै पैसा अंक, त्यो पनि केन्द्रिय बैंकबाट मात्रै संचालन हुने तिर बिस्व जादै छ। 

त्यसैले पैसा भनेको ठुलो कुरा केहि होईन खासमा मुख्य कुरा  सबैले मिलेर सबैलाई चाहिएको सामान बनाउनुनै जिबनलाई सहज बनाउनु  हो। अब सबै जना  मिलेर काम गर्दा कोहि अल्लि पढेर काम गरेको हुन्छ, उसलाई अल्लि बडी दिनु पर्यो नपढी काम गरेकोलाई अल्लि कम दिनु पर्यो, कसैले धेरै घण्टा काम गरेको हुन्छ उसलाई धेरै दिनु पर्यो, कसैले थोरै घण्टा काम गरेको हुन्छ उसलाई थोरै दिनु पर्यो, यो कुरा मिलाउन पैसा नहुने हो भने निकैनै सकस हुन्छ त्यसैले अबको समाज बिना पैसा चल्न सक्दैन तर पैसा भनेको त्यहि हामीले गरेको कामको भागबण्डा लगाउने साधन मात्रै हो। तर अबस्था यस्तो भैदियो कि जे भनेको नि पैसानै हो भन्ने भयो। पहिले पहिले गाउका सबै मिलेर खेतमा पानि लगाउने, कुलो बनाउन आफै फरुवा बोकेर जान्थे अनि  बनाएर पानि आउथ्यो अब पैसाको चलनले गर्दा माथिबाट बजेट नआए सम्म अब कुलो बन्दैन पैसाले मान्छे जति सबै  बिग्रे नभई पनि नहुने भएर पनि शुख्ख नपाइने अबस्था पैसाले गर्दा भयो जबकि त्यो सामान्य राजाले छापेको कागजको टुक्रा थियो। त्यसैले अबको मानिसको बिकास फेरी सबैले मिलेर काम गर्ने भागबण्डा लगाउन प्रविधिको प्रयोग गर्ने ताकि कसैले कसैलाई ठग्न नसकोस त्यहिनै मानिसको अन्तिम र उपयुक्त मोडेल हुन्छ जसलाई नेपालिबाद भनेर एउटा बिस्वलाई दिसानिर्देस गर्ने उपयुक्त आर्थिक मोडेल नेपालले दिनुपर्ने आबस्यकता छ जसरि बुद्धले शान्तिको सन्देस दिए। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Padam Prasad Chalise I am an independent-self motivated writer. I have a dream to end poverty in the world. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register