बाबरले पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट दिए राजीनामा

काठमाडौं । क्रिकेटर बाबर आजमले पाकिस्तान क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालमार्फत् उनले आफ्नो कप्तानी अनुभवलाई अद्भूत भनेका छन् । उनले फ्यानहरुलाई पनि धन्यवाद दिएका छन् । बाबरले लेखेका छन्, ‘फ्यानहरू, म आज तपाईंसँग एउटा समाचार साझा गर्दैछु । मैले पाकिस्तान पुरुष क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिने निर्णय गरेको छु । टिमको […]

Oct 2, 2024 - 07:01
 0
बाबरले पाकिस्तानी क्रिकेट टिमको कप्तानबाट दिए राजीनामा

काठमाडौं । क्रिकेटर बाबर आजमले पाकिस्तान क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएका छन् ।

सामाजिक सञ्जालमार्फत् उनले आफ्नो कप्तानी अनुभवलाई अद्भूत भनेका छन् । उनले फ्यानहरुलाई पनि धन्यवाद दिएका छन् ।

बाबरले लेखेका छन्, ‘फ्यानहरू, म आज तपाईंसँग एउटा समाचार साझा गर्दैछु । मैले पाकिस्तान पुरुष क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिने निर्णय गरेको छु । टिमको नेतृत्व गर्नु सम्मानको कुरा हो तर अब मैले पद छोडेर आफ्नो खेलमा ध्यान दिने समय आएको छ ।’

बाबरले आफ्नो प्रदर्शनलाई प्राथमिकता दिने बताएका छन् । उनले अब आफ्नो परिवारसँग समय बिताउने समेत लेखेका छन् ।

उनले आफ्नो पोस्टमा लेखेका छन्, ‘तपाईंको समर्थन र ममाथिको विश्वासको लागि म आभारी छु । तपाईंको उत्साह मेरो लागि केही अर्थ छ । हामीले सँगै जे हासिल गर्यौं त्यसमा म गर्व गर्दछु र एक खेलाडीको रूपमा टोलीमा योगदान गर्न जारी राख्न तत्पर छु ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register