इरानले इजरायलमा गरेका सयौं मिसाइल प्रहारले कति भयो क्षति ?

काठमाडौं । इरानले मंगलबार राति इजरायलतर्फ सयौं मिसाइल प्रहार गरेको छ । धेरै मिसाइलहरू इजरायली क्षेत्रमा खसेको बताइएको छ । यो वर्ष इजरायलमा इरानको दोस्रो आक्रमण हो । अप्रिलमा पनि इरानले इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको थियो । इजरायली सेनाका अधिकारीहरूले इरानका यी आक्रमणहरू अब रोकिएको र अहिले कुनै खतरा नरहेको बताएका छन् । तर, […]

Oct 2, 2024 - 06:57
 0
इरानले इजरायलमा गरेका सयौं मिसाइल प्रहारले कति भयो क्षति ?

काठमाडौं । इरानले मंगलबार राति इजरायलतर्फ सयौं मिसाइल प्रहार गरेको छ । धेरै मिसाइलहरू इजरायली क्षेत्रमा खसेको बताइएको छ ।

यो वर्ष इजरायलमा इरानको दोस्रो आक्रमण हो । अप्रिलमा पनि इरानले इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको थियो ।

इजरायली सेनाका अधिकारीहरूले इरानका यी आक्रमणहरू अब रोकिएको र अहिले कुनै खतरा नरहेको बताएका छन् । तर, यस आक्रमणबाट के कति क्षति भयो भन्ने अझै खुल्न सकेको छैन ।

इजरायलको विदेश मन्त्रालयले मंगलबार राति इरानले १८१ ब्यालेस्टिक मिसाइल प्रहार गरेको र त्यसमा एक प्यालेस्टाइनीको मृत्यु भएको ट्वीट गरेको छ ।

इजरायलले यसको एक भिडियो पनि पोस्ट गरेको छ, जसमा एक व्यक्ति सडकमा हिँडिरहेको बेला उनीमाथि आक्रमण भएको देखिन्छ । यो भिडियो इजरायलले कब्जा गरेको वेस्ट बैंकको रहेको बताइएको छ ।

इजरायलले इरानको शासन खतरनाक र विश्व शान्तिका लागि खतरा भएको बताएको छ ।

इरानको आक्रमण कति ठूलो ?

यो अप्रिलको तुलनामा अलिकति ठूलो आक्रमण हो । पाँच महिनाअघि अर्थात् अप्रिलमा इरानले इजरायलमाथि करिब ११० ब्यालेस्टिक मिसाइल र ३० क्रुज मिसाइलहरू प्रहार गरेको थियो ।

इजरायली टिभीमा देखाइएको फुटेजमा स्थानीय समयअनुसार बेलुका ७:४५ बजे केही समय अगाडि तेल अवीव र आसपासका क्षेत्रहरूमा मिसाइलहरू उडिरहेको देखियो ।

सैन्य अधिकारीहरूले पुष्टि गरे कि आक्रमणको क्रममा केही क्षेप्यास्त्रहरूले उनीहरूको लक्षित लक्ष्यमा हाने । सेनाका प्रवक्ताले आक्रमणहरू इजरायलको मध्य र दक्षिणी भागमा भएको बताएका छन् ।

उही समयमा, इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर्प्सले आफ्नो सेनाले पहिलो पटक हाइपरसोनिक मिसाइल प्रयोग गरेको र ९० प्रतिशत प्रोजेक्टाइल (मिसाइलरड्रोन) ले सही लक्ष्यमा प्रहार गरेको बताएको छ ।

तर, इजरायली सेनाले इरानले प्रहार गरेको ठूलो संख्यामा मिसाइलहरू नष्ट भएको दाबी गरेको छ । तेल अवीव माथिको आकाशमा फ्ल्यासिङ लाइटहरू देखिन्थ्यो, जसले इजरायली एयर डिफेन्सले मिसाइलहरूलाई रोकेको संकेत गर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register