विमान आकाशमै रहँदा टर्किस एअरलाइन्सका क्याप्टेनको मृत्यु भएपछि…

काठमाडौं । अमेरिकाको सिएटलबाट टर्कीको इस्तानबुल जाँदै गरेको टर्किस एअरलाइन्सको विमान उडाइरहेका क्याप्टेनको मृत्यु भएपछि इमर्जेन्सी ल्यान्डिङ गरिएको छ । घटना मंगलबार रातिको हो । बीबीसीकाअनुसार एयरबस ए३५० स्थानीय समयअनुसार ७:०२ बजे सिएटलबाट इस्तानबुलका लागि उडेको थियो । विमान उडाइरहँदा ५९ वर्षीय क्याप्टेन इल्सिहिन पेहलिभान अचानक बेहोस भएका थिए । ८ घण्टाको उडानमा उनी बेहोस भएपछि […]

Oct 10, 2024 - 08:01
 0
विमान आकाशमै रहँदा टर्किस एअरलाइन्सका क्याप्टेनको मृत्यु भएपछि…

काठमाडौं । अमेरिकाको सिएटलबाट टर्कीको इस्तानबुल जाँदै गरेको टर्किस एअरलाइन्सको विमान उडाइरहेका क्याप्टेनको मृत्यु भएपछि इमर्जेन्सी ल्यान्डिङ गरिएको छ ।

घटना मंगलबार रातिको हो । बीबीसीकाअनुसार एयरबस ए३५० स्थानीय समयअनुसार ७:०२ बजे सिएटलबाट इस्तानबुलका लागि उडेको थियो ।

विमान उडाइरहँदा ५९ वर्षीय क्याप्टेन इल्सिहिन पेहलिभान अचानक बेहोस भएका थिए । ८ घण्टाको उडानमा उनी बेहोस भएपछि जहाजमै उनलाई होसमा ल्याउने प्रयास गरिएको थियो ।

त्यतिबेला विमान उत्तरी क्यानडाको बाफिन आइल्यान्डको क्षेत्रमा उडान भइरहेको थियो । विमानमा पटकपटक उनलाई होसमा ल्याउने प्रयास गरे पनि उनको ज्यान जोगाउन भने सकिएन ।

उनको ज्यान जोगाउन नसकेपछि को-पाइलटले अमेरिकाको जे.एफ.के विमानस्थलमा इमर्जेन्सी ल्यान्डिङ गर्ने निर्णय गरेका थिए । उक्त जहाजलाई बुधबार बिहान ५:५७ बजे न्यूयोर्कमा इमर्जेन्सी ल्यान्डिङ गराइएको थियो ।

क्याप्‍टेन पेहलिभानको के कारणले मृत्यु भएको थियो भन्ने एअरलाइन्सले खुलाएको छैन ।

तर, एअरलाइन्सले उनको नियमित रूपमा स्वास्थ्य जाँच भइरहेको बताएको छ । मार्चमा गरिएको जाँचमा पनि स्वास्थ्यमा कुनै समस्या नदेखिएको बीबीसीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register