गोर्खाका वयस्क सन्तानको पुनरावेदन अधिकार १० अक्टुबरदेखि कार्यान्वयनमा

लन्डन । गोर्खाका वयस्क सन्तानको पुनरावेदन अधिकार १० अक्टुबरदेखि कार्यान्वयनमा आउने भएको छ । यसअघि बेलायती गृह मन्त्रालयले खारेज गरेको उक्त नियम अदालतको आदेशसंगै पुनर्वहाली भएको थियो । बेलायती गृह मन्त्रालयका अधिकारी र गोर्खा प्रतिनिधिहरुमाझ गत २४ सेप्टेम्बर २०२४ का दिन सम्पन्न बैठकमा सो जानकारी दिइएको हो । हाल धरानमा रहेका गोर्खा अभियन्ता बुद्धिजिवी डा. […]

Oct 5, 2024 - 07:55
 0
गोर्खाका वयस्क सन्तानको पुनरावेदन अधिकार १० अक्टुबरदेखि कार्यान्वयनमा

लन्डन । गोर्खाका वयस्क सन्तानको पुनरावेदन अधिकार १० अक्टुबरदेखि कार्यान्वयनमा आउने भएको छ । यसअघि बेलायती गृह मन्त्रालयले खारेज गरेको उक्त नियम अदालतको आदेशसंगै पुनर्वहाली भएको थियो ।

बेलायती गृह मन्त्रालयका अधिकारी र गोर्खा प्रतिनिधिहरुमाझ गत २४ सेप्टेम्बर २०२४ का दिन सम्पन्न बैठकमा सो जानकारी दिइएको हो ।

हाल धरानमा रहेका गोर्खा अभियन्ता बुद्धिजिवी डा. राम नारायण कन्दङ्वाले उक्त बैठकपछिको मिनट्सलाई नेपालीमा अनुवाद गरेका छन् ।

बैठकको निष्कर्ष सार तपसिल बमोजिम छः

गृह मन्त्रालयको मन्तव्यः
गोर्खाका वयस्क छोराछोरीहरुको पुनरावेदन गर्न पाउने अधिकारलाई अध्यागमन नियममा पुनर्बहाली गरिएको छ । अक्टुबर २०२३ मा गृह मन्त्रालयले बेलायती सरकारको पुनरावेदन गर्न पाउने अधिकारलाई एकरुपता दिन १९९७ पूर्वका गोर्खाका वयस्क छोराछोरीहरुको पुनरावेदन गर्न पाउने अधिकारलाई खारेज गरेको थियो । किनकि १९९७ पूर्वका गोर्खा जोइपोइ तथा अवयस्क छोराछोरीहरुलाई पुनरावेदन गर्न पाउने अधिकार प्राप्त थिएन ।

केही महिना अगाडि पहिलो तहको न्यायिक अदालतमा सुनुवाई भएको एउटा मुद्धाको नतिजा अनुसार पुनरावेदन गर्न पाउने उक्त अधिकार पुनर्बहाली गर्ने निर्णय गरेको थियो । न्यायिक अदालतले त्यस्ता नियमहरु मस्यौदा गर्नुपर्ने कारण मुलत मानव अधिकार भएको विचार प्रकट गरेको थियो ।

गोर्खा प्रतिनिधिको मन्तव्यः

जुलाईमा सम्पन्न भएको सुनुवाइमा भूतपूर्व गोर्खा पनि उपस्थित भएको कुरा गृह मन्त्रालयका अधिकारीहरुलाई अवगत गराए । १० अक्टुबर २०२४ देखि पुनरावेदन गर्न पाउने अधिकार कार्यान्वयन हुनेछ । अहिले मुद्दा चलिरहेको भए उनीहरुले समेत पुनरावेदन गर्न पाउने छन् । गृह मन्त्रालय विश्वस्त छ कि यो सकारात्मक परिवर्तनले गोर्खा समुदायमा निसन्देह उल्लास छाएको होला ।

गृह मन्त्रालयको मन्तव्यः

शोकार्त पूर्व गोर्खा सैनिकका विधवाहरुले ९ अक्टुबर २०२४ देखि आवासीय निवेदनको लागि लाग्ने शुल्क मिनाहाका लागि आवेदन दिन सक्ने छन् । निवेदकको श्रीमानको निधन भएको र उनलाई आवासीय निवेदनका लागि लाग्ने शुल्क तिर्न कठिन भएको छ भने उनले आवासीय आवेदनको लागि लाग्ने शुल्क मिनाहाका लागि आवेदन दिन सक्ने छिन् । तर, केही सर्तहरु पुरा गर्नु पर्छ । जस्तैः उनको श्रीमान बेलायती नागरिक हुनुपर्छ, आवास गरेको हुनुपर्छ अथवा ईयूभित्रको नागरिक हुनुपर्छ । आवासीय आवेदनका लागि लाग्ने शुल्क मिनाहाको सुविधा सेवारत सैनिकहरुलाई समेत प्राप्त छ ।

गृह मन्त्रालयको मन्तव्यः

किन १९९७ पूर्वका गोर्खा सैनिकका वयस्क छोराछोरीहरुलाई ठूलो संख्यामा पुनरावेदन गर्न दिएको छ भन्ने यथार्थ अझ राम्ररी बुभनका लागि गृह मन्त्रालयले काम गरिरहेको छ । यो प्रवृति किन हावी भइरहेको छ भन्ने कुरा पहिचान गर्न गृह मन्त्रालयले भविष्यमा गोर्खा सैनिक समितिसंग मिलेर काम गर्ने छ ।

गृह मन्त्रालयको प्रतिनिधिले गोर्खा प्रतिनिधिलाई किन उनी ठूलो संख्यामा पुनरावेदन भइरहेको छ भन्ने कुरामा विश्वास गर्छन्, त्यसलाई प्रमाणित गर्ने सबुतहरु गृहमन्त्रालयलाई उपलब्ध गराउन गोर्खा प्रतिनिधिलाई अनुरोध गरे ।

गोर्खा प्रतिनिधिको मन्तव्यः

वस्तुतः गोर्खाहरुले धेरै पहिले देखि भन्दै आएको कुरा भनेको पुनरावेदनको लागि लाग्ने शुल्क गोर्खा परिवारका लागि सांच्चिकै ढाड भांच्ने खालको छ । आवासीय निवेदनका लागि लाग्ने शुल्क मिनाहाको अधिकार विधवाका लागि मात्रै हो कि आश्रीतहरुलाई पनि त्यो अधिकार प्राप्त छ ?

गृह मन्त्रालयको मन्तव्यः

कसलाई आश्रित भनेर वर्गिकृत गरिन्छ र त्यसका लागि के सबुत प्रमाण चाहिन्छ भन्ने कुराको मानक कतै परिभाषित गरिएको छ भने सम्बन्धित निकायसंग सोधपुछ गर्न गृह मन्त्रालय सहमत छ ।

गोर्खा प्रतिनिधिको मन्तव्यः

११६ जना पूर्व गोर्खा सैनिकहरुको सैनिक सेवा ४ वर्ष पुग्नु भन्दा अगावै कटौतीमा पारेर अन्त्य गरिएको थियो । यिनीहरु पनि पुरै सेवाको लागि अनुबन्धित भएका थिए र
कटौतीमा पर्नु उनीहरुको रोजाइ थिएन । त्यसकारण, बेलायतमा आवासीय अधिकारको लागि चाहिने न्युनतम ४ वर्षे सैनिक सेवाको सर्तबाट यिनीहरुलाई उन्मोचन गरिनु पर्छ । धेरै पूर्व गोर्खा सैनिकहरु यो समस्याबाट पीडित थिए । ती मध्ये कतिले बेलायतमा आवासीय अधिकार पाए । त्यसकारण, बाकी रहेका ११६ जनालाई पनि एउटै मानवका नाताले सोही अधिकार दिइनु पर्दछ ।

गृह मन्त्रालयको मन्तव्यः

के ११६ जना मध्ये कतिले आवासीय अधिकारको लागि दिएको कतिपय आवेदनहरु अस्वीकार भएका थिए ? पहिला कस्तो निर्णय गरिएका थिए र किन भन्ने कुरा निरुपन गर्नको निम्ती केही दृष्टान्तहरु दिन गोर्खा प्रतिनिधिलाई अनुरोध गरियो ।

गोर्खा प्रतिनिधिको मन्तव्यः

उनले केही दृष्टान्तहरु दिने प्रतिबद्दता जनाए । मेरो आंसिक काम भनेको नेपालमा भएका मानिसलाई निर्णयहरु कसरी गरिन्छ भन्ने कुराको व्याख्या गर्नु हो । यधपि ती व्याख्याहरुले प्रगतितिर उन्मुख गराएन भने वा कुनै समाधान पहिल्याएन भने सधैभरी त्यही एउटै कुराको बारेमा चर्चा गरिरहनुको कुनै औचित्य हुने छैन । कुनै विन्दुमा पुगेपछि यस्ता निस्फल र अर्थहीन कुरामा बहुमुल्य समय खर्चिनु भन्दा यसलाई त्यागेर अगाडि बढनु नै श्रेयस्कर हुनेछ । के न्यूनतम आम्दानीको सर्त सेवारत गोर्खाहरुले उनीहरुका श्रीमतीहरुलाई बेलायत ल्याउंदा पनि लागू हुन्छ ?

गृह मन्त्रालयको मन्तव्यः

सेवारत गोर्खाहरुलाई न्युनतम आयको सर्त लागू हुन्छ । यद्यपि १ जुलाई १९९७ भन्दा अगाडि निवृत भएका गोर्खा तथा हङकङका पूर्व सैनिकहरुलाई भने यो सर्त लागू हुनेछैन ।

स्मरण रहोस् बेलायती सेनामा सेवारत सेनाहरुलाई लागू हुने न्युनतम आय उनीहरुको २०२३-२४ मा निर्धारित वेतन २३,४९६ पाउन्डसंग सामायोजन गरिएको छ, जुन परिवारलाई लागू हुने वर्तमान समयको २९,००० पाउन्ड न्यूनतम आय भन्दा कम हो ।

गोर्खा प्रतिनिधिको मन्तव्यः

के नेपालबाट अन्य मुलुकमा गएका गोर्खाका वयस्क छोराछोरीहरुले हालको नियम अनुसार निवेदन गर्न पाउ“छन् ? आजसम्म चाहि“ बेलायत सरकारले अन्य मुलुकमा गएका वयस्क निवेदकहरुको निवेदनलाई अस्वीकार गर्दै आएको छ ।

गृह मन्त्रालयको मन्तव्यः
प्रचलित नियमको आत्मा भनेको निवेदक प्रस्तावकमाथि आश्रित हुनुपर्छ । यदि ती वयस्क छोरा वा छोरी प्रस्तावकबाट टाढा अर्कै मुलुकमा बस्दै आएका छन् भने हालको प्रचलित कानुन अनुसार उनी आश्रितका रुपमा आवेदन दिन अग्राहय हुने छन् । गृह मन्त्रालय बेलायती सैनिक अध्यागमन नियम र आवश्यकतालाई सिंहावलोकन गर्न गइरहेको छ । परिशिष्ट गोर्खा–हङकङको सिंहावलोकन कार्य सम्पन्न गर्दा गृह मन्त्रालयले पूर्व गोर्खा सैनिकहरुको सहयोग लिने छ ।

अन्त्यमा, गृह मन्त्रालयले केही महिनाभित्र पुनरवलोकन गर्ने प्रस्ताव गरयो । विभिन्न निकाय-व्यक्तिको जिम्मेवारी गृह मन्त्रालयले गोर्खा–हङकङ र मार्गदर्शन अधावधिक परिशिष्ट प्रकाशित भएपछि १० अक्टुबर पछि प्रवाहित गर्ने छ । गृह मन्त्रालयले आश्रित निर्णयाधारका लागि जिम्मेवार निकायसंग निर्णयाधार र
आवश्यक सवुत प्रमाणको स्पष्टिकरणका लािग परामर्श गर्ने छ ।

गोर्खा प्रतिनिधिले अदालतमा पुनरावेदनलाई ठूलो संख्यामा स्वीकृति दिइएको छ भन्ने यथार्थलाई पुष्टि गर्ने सवुत प्रमाण उपलब्ध गराउनु पर्ने छ । गोर्खा प्रतिनिधिले गृह मन्त्रालयलाई ४ वर्ष भन्दा कम सेवा गरेका पूर्व गोर्खा सैनिकलाई समेत बेलायतमा आवासीय अधिकार दिइएको दृष्टान्त उपलब्ध गर्नु पर्ने छ ।

गोर्खा प्रतिनिधिले कसरी गोर्खा–हङकङ परिशिष्टमा सुधार गर्न सकिन्छ भन्ने विषयमा समेत चिन्तन–मनन प्रारम्भ गर्नुपर्ने छ ।

अनुवादक डा. राम नारायण कन्दङ्वा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register