दशैंको उपलक्ष्यमा झापाको दुधेमा मिनी महोत्सव

शिवसताक्षी, १६ असोज । झापाको दुधे बजारमा वडा दशैंको उपलक्ष्यमा मिनी महोत्सव लाग्ने भएको छ । स्थानीय दूधे बजार विकास समितिको आयोजनामा दुधेको विहीबारे हाटको खुल्ला ठाउँमा मिनी महोत्सवको आयोजना गरिएको दुधे बजार विकास समितिले जनाएको छ । महोत्सव आगामी आश्विन १८ गतेबाट २६ गतेसम्म मिनी मेलाको आयोजना गरिएको हो । दूधे बजारमा लाग्ने साप्ताहिक [...] The post दशैंको उपलक्ष्यमा झापाको दुधेमा मिनी महोत्सव appeared first on Jhapa Online.

Oct 2, 2024 - 07:50
 0
दशैंको उपलक्ष्यमा झापाको दुधेमा मिनी महोत्सव

शिवसताक्षी, १६ असोज । झापाको दुधे बजारमा वडा दशैंको उपलक्ष्यमा मिनी महोत्सव लाग्ने भएको छ ।

स्थानीय दूधे बजार विकास समितिको आयोजनामा दुधेको विहीबारे हाटको खुल्ला ठाउँमा मिनी महोत्सवको आयोजना गरिएको दुधे बजार विकास समितिले जनाएको छ ।

महोत्सव आगामी आश्विन १८ गतेबाट २६ गतेसम्म मिनी मेलाको आयोजना गरिएको हो । दूधे बजारमा लाग्ने साप्ताहिक हाटलाई असर नपर्ने गरी मिनी मेला बेलुकी ६ बजेदेखि ९ बजेसम्ममा सञ्चालन हुने आयोजक दूधे बजार विकास समितिका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा समाजमा बर्जित गरिएका जुवा, तास, डाइस जस्ता विकृति फैलाउने खेलहरु भने समावेस गरिएको छैन । बालबालिका लागि स–साना खेलका आकर्षकहरु स्टकलहरु रहने छन् । मेलाको मुख्य आकर्षक बेलुकी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको नृत्य प्रस्तुत हुने छ, भने, युवाहरुका लागि हाउजी खेल खेलाइने आयोजकले जनाएको छ ।

महोत्सवबाट संकलित रकम दुधे बजार विकास समितिले बजार भित्रका सडक बत्ती, बजार सरसफाई लगायत बजार व्यवस्थापनमा खर्च गरिने समितिका कोषाध्यक्ष मुना विमलीले जानकारी दिइन् । महोत्सव सम्पन्न गर्न करिब ७ लाख रकम खर्च हुने अनुमान गरिएको छ ।

यसैबीच, दूधे बजार विकास समितिले भोलि घटस्थापनाको दिन देखि उक्त स्थानमा दुर्गा पुजाको समेत आयोजना गरेको छ । दुर्गा पुजामा नवै दिन बिहान दुर्गा भवगतीको पुजा अर्चना गरिने समेत समितिले जनाएको छ ।

The post दशैंको उपलक्ष्यमा झापाको दुधेमा मिनी महोत्सव appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register