मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा :  दाेस्राे दिन ६ जनाकाे  उद्धार

विराटनगर, २९ असोज । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएकाे मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रामा मंगलबार ६ जना सहयाेगापेक्षी सडकअाश्रित मानवहरुकाे उद्धार भएकाे हाे । ‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने मूल भावनाका साथ ३२ दिनसम्म यात्रा सञ्चालन हुनेछ ।  अाज उद्धार यात्राका क्रममा उद्धार टाेली झापाकाे दमकदेखि माेरङकाे [...] The post मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा :  दाेस्राे दिन ६ जनाकाे  उद्धार appeared first on Jhapa Online.

Oct 15, 2024 - 14:05
 0
मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा :  दाेस्राे दिन ६ जनाकाे  उद्धार

विराटनगर, २९ असोज । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएकाे मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रामा मंगलबार ६ जना सहयाेगापेक्षी सडकअाश्रित मानवहरुकाे उद्धार भएकाे हाे ।

‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने मूल भावनाका साथ ३२ दिनसम्म यात्रा सञ्चालन हुनेछ ।  अाज उद्धार यात्राका क्रममा उद्धार टाेली झापाकाे दमकदेखि माेरङकाे विराटनगर महानगरपालिकासम्मका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिनुभएका मानवहरुकाे उद्धार तथा सेवामा खटिएकाे हाे ।

मंगलबार ६ जना सहयाेगापेक्षी  मानवहरुकाे उद्वार भएकाे छ । जसमध्ये झापाकाे दमक नगरपालिकाबाट २ जना, माेरङकाे बेलबारीबाट २ जना, ग्रामथान गाउँपालिकाबाट १ जनाकाे र विराटनगर महानगरपालिका १५, रामजानकी मार्गबाट १ जनाकाे  उद्धार गरिएकाे हाे । यात्राकाे पहिलाे दिन साेमबार १० जना सडकअाश्रित मानवहरुकाे उद्धार गरिएकाे थियाे

उद्धार गरिएका सडकअाश्रित मानवहरुकाे मानवसेवा अाश्रम विराटनगर सेवाकेन्द्रमा अाज नै गृहप्रवेश गराइएकाे छ । साथै भाेलि बुधबार सुनसरी जिल्लाकाे धरान, इनरुवा, दुहवी क्षेत्र वरपरका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य सहयाेगापेक्षी मानवहरुकाे  उद्धार सेवा रहनेछ ।

The post मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा :  दाेस्राे दिन ६ जनाकाे  उद्धार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register