भारतीय दूतावासले मनायो १५५औं गान्धी जयन्ती

काठमाडौं । महात्मा गान्धीको आज १५५औं जयन्ती । विभिन्न कार्यक्रम गरेर जयन्ती मनाइँदैछ । नेपालस्थित भारतीय दूतावासले पनि गान्धी जयन्ती मनाएको छ । बुधबार बिहान आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गान्धीको प्रतिमामा पुष्पहार अर्पण गरेका छन् ।  कार्यक्रममा नेपाल चरखा प्रचारक गान्धी–तुलसी स्मारक महागुठीका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । सो अवसरमा […]

Oct 2, 2024 - 08:49
 0
भारतीय दूतावासले मनायो १५५औं गान्धी जयन्ती

काठमाडौं । महात्मा गान्धीको आज १५५औं जयन्ती । विभिन्न कार्यक्रम गरेर जयन्ती मनाइँदैछ ।

नेपालस्थित भारतीय दूतावासले पनि गान्धी जयन्ती मनाएको छ । बुधबार बिहान आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गान्धीको प्रतिमामा पुष्पहार अर्पण गरेका छन् ।

 कार्यक्रममा नेपाल चरखा प्रचारक गान्धी–तुलसी स्मारक महागुठीका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

सो अवसरमा राजदूतले दूतावासका सरसफाई कर्मचारीहरुलाई सम्मान गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register