न्यायाधीशको सुक्ष्म निगरानी गर्नेछु : प्रस्तावित प्रधानन्यायाधीश

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय परिषद्‌बाट हुने न्यायाधीश नियुक्तिलगायतका काम कारबाहीलाई प्रभावकारी बनाउने बताएका छन् । सिंहदबारमा बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै राउतले न्याय परिषद्‌बाट हुने न्यायाधीश नियुक्तिलगायतका काम कारबाहीलाई प्रभावकारी र विवादरहित बनाउने कुरामा विशेष ध्यान दिने बताएका हुन् । उनले न्यायपालिका […]

Oct 2, 2024 - 12:01
 0
न्यायाधीशको सुक्ष्म निगरानी गर्नेछु : प्रस्तावित प्रधानन्यायाधीश

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्याय परिषद्‌बाट हुने न्यायाधीश नियुक्तिलगायतका काम कारबाहीलाई प्रभावकारी बनाउने बताएका छन् ।

सिंहदबारमा बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै राउतले न्याय परिषद्‌बाट हुने न्यायाधीश नियुक्तिलगायतका काम कारबाहीलाई प्रभावकारी र विवादरहित बनाउने कुरामा विशेष ध्यान दिने बताएका हुन् ।

उनले न्यायपालिका सूधारका लागि विचौलियाको नियन्त्रण गर्ने, न्यायाधीशको सुक्ष्म निगरानी गर्ने, अनलाइनमार्फत् अनियमितता र गुनासोउपरको उजुरी सुन्न सकिने प्रणाली विकास गर्ने लगायतका योजना सुनाएका छन् ।

त्यस्तै राउतले न्यायपालिकामा न्यायिक सदाचारको प्रवर्धनका लागि सूचकको तोकेर मूल्यांकनको प्रणाली विकास गर्ने उल्लेख गरे भने न्यायपालिकामा सुशासनको प्रवर्द्धनसम्बन्धी नीतिगत विषयहरूमा निर्देशन गर्न सुशासन तथा सदाचार प्रवर्धन समितिको स्थापना गर्ने योजना सुनाए ।

त्यस्तै, राउतले सर्वोच्चमा मुद्दाको कार्यबोझ कम गर्न अदालतहरुको क्षेत्राधिकारसम्बन्धि विधमान व्यवस्थामा परिमार्जनका लागि अध्ययन गरी कार्यान्वयन गर्ने उल्लेख गरेका छन् । नागरिकलाई सहज रुपमा न्याय दिनका लागि पनि ध्यान केन्द्रित गर्ने उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register