यौन सम्पर्ककै क्रममा युवतीको मृत्यु, युवा प्रहरी नियन्त्रणमा

गुजरात, १७ असोज । यौन सम्पर्ककै क्रममा युवतीको मृत्यु भएपछि सम्बन्धित युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको गुजरात राज्यको नवसारीमा प्रहरीले २६ वर्षीय युवकलाई ‘मनसायरहित’ हत्याको आरोपमा पक्राउ गरेको हो । ती युवकले यौन सम्पर्कपछि अत्यधिक रक्तस्रावका बाबजुद युवतीलाई उपचारका लागि समयमै अस्पताल नलगेको प्रहरीको भनाइ छ । पीडित युवतीको अत्यधिक रक्तस्रावका कारण मृत्यु [...] The post यौन सम्पर्ककै क्रममा युवतीको मृत्यु, युवा प्रहरी नियन्त्रणमा appeared first on Jhapa Online.

Oct 3, 2024 - 03:54
 0
यौन सम्पर्ककै क्रममा युवतीको मृत्यु, युवा प्रहरी नियन्त्रणमा

गुजरात, १७ असोज । यौन सम्पर्ककै क्रममा युवतीको मृत्यु भएपछि सम्बन्धित युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको गुजरात राज्यको नवसारीमा प्रहरीले २६ वर्षीय युवकलाई ‘मनसायरहित’ हत्याको आरोपमा पक्राउ गरेको हो । ती युवकले यौन सम्पर्कपछि अत्यधिक रक्तस्रावका बाबजुद युवतीलाई उपचारका लागि समयमै अस्पताल नलगेको प्रहरीको भनाइ छ । पीडित युवतीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । आरोपितले प्रमाण नष्ट गरेकोबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले पीडित र पीडक दुवैको नाम गोप्य राखेको छ । नवसारी जिल्लाको जलालपुर निवासी युवकले एक परिचित युवतीसँग यौन सम्पर्क गरेको र रक्तस्राव भएर युवती सिकिस्त हुँदा पनि एम्बुलेन्स बोलाएर अस्पताल लैजानुपर्नेमा अनलाइनबाट औषधि मगाउन खोजेको प्रहरीको भनाइ छ ।

स्थानीय एसपी सुशील अग्रवालका अनुसार फरेन्सिक रिपोर्टमा अत्यधिक रक्तस्रावकै कारण युवतीको मृत्यु भएको पाइएको छ । युवकले समयमै पीडित युवतीलाई अस्पताल लगेको भए बचाउन सकिने निष्कर्ष पनि प्रहरीले निकालेको छ ।

प्रहरीले दर्ता गरेको उजुरी अनुसार पीडित युवती नर्सिङ विषयकी छात्रा थिइन् । ती युवती आरोपित युवकसँग तीन वर्ष अघि नै परिचित थिइन् । तर दुई वर्षभन्दा लामो समय उनीहरू सम्पर्कमा रहेनन् । हालै केही महिना अघि उनीहरूबिच फेरि सम्पर्क भयो । सेप्टेम्बर २३ का दिन उनीहरू केही निजी पल बिताउन भनेर होटलमा पुगेको प्रहरीको भनाइ छ ।

युवतीसँग यौन सम्पर्कपछि रक्तस्राव भएको र यस क्रममा युवकले तत्काल अस्पताल लैजानुपर्नेमा अनलाइनबाट विभिन्न औषधि खोजी गरेको, साथीहरूसँग छलफल गरेर समय बिताएको प्रहरीको आरोप छ । होटलबाट बाहिरिनु अघि ती युवकले रगतका दाग सफा गरेर प्रमाण मेटाउने प्रयास गरेको पनि प्रहरीले जनाएको छ ।

The post यौन सम्पर्ककै क्रममा युवतीको मृत्यु, युवा प्रहरी नियन्त्रणमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register