झापामा वर्षाले पाँच करोड २१ लाख बढीको अन्न–तरकारी बालीमा क्षति

बनियानी, १७ असोज । झापामा पछिल्लो समय आएको अविरल वर्षाका कारण कृषि क्षेत्रमा पाँच करोड २१ लाख बढीको क्षति भएको छ । गत असोज ९ गतेदेखि आएको अविरल वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्न–तरकारी बालीमा क्षति पु¥याउँदा रू पाँच करोड २१ लाख ५१ हजार नौ सय बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर [...] The post झापामा वर्षाले पाँच करोड २१ लाख बढीको अन्न–तरकारी बालीमा क्षति appeared first on Jhapa Online.

Oct 3, 2024 - 08:42
 0
झापामा वर्षाले पाँच करोड २१ लाख बढीको अन्न–तरकारी बालीमा क्षति

बनियानी, १७ असोज । झापामा पछिल्लो समय आएको अविरल वर्षाका कारण कृषि क्षेत्रमा पाँच करोड २१ लाख बढीको क्षति भएको छ ।

गत असोज ९ गतेदेखि आएको अविरल वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्न–तरकारी बालीमा क्षति पु¥याउँदा रू पाँच करोड २१ लाख ५१ हजार नौ सय बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

“अहिलेसम्म पाँच वटा पालिकाको क्षति विवरण आएको छ”, उहाँले भन्नुभयो, “विवरण संकलन गर्ने काम जारी छ ।” क्षति विवरण अझै बढ्ने उहाँले बताउनुभयो ।

झापा गाउँपालिका ४० दशमलव ५ हेक्टरमा लगाएको धान बाली क्षति हुँदा रू ४८ लाख, गौरीगञ्ज गाउँपालिका एक सय हेक्टरमा लगाइएको धान बालीमा क्षति हुँदा रू एक करोड ७७ लाख ९२ हजार तीन सय, भद्रपुरमा धानबाली र तरकारी बालीमा क्षति पुग्दा रू १९ लाख २६ हजार, गौरादहमा धानबाली र तरकारी बाली गरेर रू एक करोड ६० हजार र मेचीनगर नगरपालिकामा धान र तरकारी बाली गरी रू एक करोड ७५ लाख ७३ हजार छ सय बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

The post झापामा वर्षाले पाँच करोड २१ लाख बढीको अन्न–तरकारी बालीमा क्षति appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register