लेबनानमा ८ इजरायली सैनिक मारिए

तेल अभिभ । लेबनानमा ८ इजरायली सैनिक मारिएका छन्। लेबनानमा जारी द्वन्द्वमा हालसम्म कूल आठ इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । यसअघि इजरायलले लेबनानमा आफ्ना एक सैनिकको मृत्यु भएको बताएको थियो, जसको पहिचान क्याप्टेन ईथन यित्जाकको रूपमा खुलासा गरिएको थियो। ईथन २२ वर्षका थिए। उनी लेबनानमा स्थल कारबाहीमा मारिने […]

Oct 3, 2024 - 04:05
 0
लेबनानमा ८ इजरायली सैनिक मारिए

तेल अभिभ । लेबनानमा ८ इजरायली सैनिक मारिएका छन्। लेबनानमा जारी द्वन्द्वमा हालसम्म कूल आठ इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

यसअघि इजरायलले लेबनानमा आफ्ना एक सैनिकको मृत्यु भएको बताएको थियो, जसको पहिचान क्याप्टेन ईथन यित्जाकको रूपमा खुलासा गरिएको थियो। ईथन २२ वर्षका थिए। उनी लेबनानमा स्थल कारबाहीमा मारिने पहिलो इजरायली सैनिक थिए।

इजरायली रक्षा बलका अनुसार २२ वर्षीय क्याप्टेन इगोज युनिटको टोली कमान्डर थिए, जुन एक एलिट कमाण्डो समूह हो। मृत्यु हुने थप सात सैनिकहरूमध्ये तीन इगोस इकाईकै थिए।

यता, लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । लेबनानी अधिकारीहरूका अनुसार यो आक्रमण एक चिकित्सा सेवा केन्द्रमा भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register