अपडेटः बाढीपहिरोमा परी दुई सय ३३ जनाको मृत्यु

काठमाडौँ । हालैको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशभर थप २२ जना बेपत्ता छन् । त्यस्तै, अन्य १६९ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन् । तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ । हाल बाढीपहिरो प्रभावित […]

Oct 3, 2024 - 05:29
 0
अपडेटः बाढीपहिरोमा परी दुई सय ३३ जनाको मृत्यु

काठमाडौँ । हालैको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशभर थप २२ जना बेपत्ता छन् ।

त्यस्तै, अन्य १६९ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन् ।

तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ । हाल बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणको तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायातका साधन सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register