खण्ड तरुमुल महाविहारका सदस्यहरुले मनाए मोहनी नखः

काठमाडौं । जीवित देवी कुमारीको घरसँगै रहेको काठमाडौंको बसन्तपुरस्थित सबैभन्दा पुरानो विहार श्रीखण्ड तरुमुल महाविहारका सदस्यहरुले कोजाग्रत पूर्णिमाको अघिल्लो दिन बुधबार जीवित देवदेवी गणेश, भैरव र कुमारीको हातबाट टीका ग्रहण गरेर यो वर्षको मोहनी नखः मनाएका छन् । खण्ड तरुमुल महाविहार संरक्षण तथा संचालन समितिको आयोजनामा परम्परागत नेवारी बाजागाजासहित नगर परिक्रमा गरी जीवित देवदेवी गणेश, […]

Oct 16, 2024 - 10:58
 0
खण्ड तरुमुल महाविहारका सदस्यहरुले मनाए मोहनी नखः

काठमाडौं ।


जीवित देवी कुमारीको घरसँगै रहेको काठमाडौंको बसन्तपुरस्थित सबैभन्दा पुरानो विहार श्रीखण्ड तरुमुल महाविहारका सदस्यहरुले कोजाग्रत पूर्णिमाको अघिल्लो दिन बुधबार जीवित देवदेवी गणेश, भैरव र कुमारीको हातबाट टीका ग्रहण गरेर यो वर्षको मोहनी नखः मनाएका छन् ।

खण्ड तरुमुल महाविहार संरक्षण तथा संचालन समितिको आयोजनामा परम्परागत नेवारी बाजागाजासहित नगर परिक्रमा गरी जीवित देवदेवी गणेश, भैरव र कुमारीको घरमा गई पूजाअर्चना गरी ती देवदेवीको हातबाट टिका ग्रहण गरेका हुन् । महाविहार संरक्षण तथा संचालन समितिका अध्यक्ष ई. दिल्लीरत्न शाक्यले यो वर्ष बाढीपहिरोले धेरै जनधनको क्षति भएकोले यस्ता प्राकृतिक प्रकोपबाट सबैको रक्षा होस् भन्ने कामनासहित जीवित देबी कुमारीका साथै जीवित देब गणेश र भैरबको पूजाअर्चना र प्रार्थना गरिएको बताए ।

मोहनी नखःलाई अझ उल्लासमय बनाउन र महाविहारका सदस्यहरुबीचको भाइचारा र सौहार्दपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन महाविहार संरक्षण तथा संचालन समितिले विगत तीन वर्ष अघिदेखि जीवित देवदेवीको हातबाट टिका थाप्न शुरु गरेको हो ।

चन्द्रमासमा आधारित पात्रोअनुसार कौलाथ्व महिनाको वर्षको अन्तिम महिना भएकोले पनि यो दिन वर्षभरि गरिएको राम्रो कामलाई निरन्तरता दिन सकियोस् र भूलबस हुन पुगेका नराम्रा कामहरुका लागि क्षमायाचना गर्दै नयाँ वर्षको शुरुवात गर्ने प्रचलनअनुसार महाविहारले गणेश, भैरव र कुमारीको पूजा गरेको बताइएको ७ सयभन्दा बढस् सदस्य रहेको यस महाविहारको स्थापना काष्ठमण्डपको निर्माणमा विशेष योगदान दिएका प्रख्यात बौद्ध सिद्धाचार्य लिलावज्र बज्राचार्यले सातौं शताब्दीमा गरेको मानिन्छ ।

सिखंमू बहाः को नामले पनि चिनिने यो महाविहार काष्ठमण्डप बनाएर बचेको रुखको काठबाट संगैको सिंह सतल बनाएपछि बाँकी रहेको काठको टुक्राटाक्री र जराबाट बनाइएको र त्यसैकारण यस महाविहारलाई सिखंमू बहाः भनिएको भनाई छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register