इजरायलले पुनः आक्रमण गरे निर्णायक जवाफ दिने इरानको चेतावनी

काठमाडौं । इरानका शीर्ष कूटनीतिज्ञले संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेससमक्ष इजरायलको मिसाइल आक्रमणको बदलामा तेहरान ‘निर्णायक र खेदजनक’ प्रतिक्रियाका लागि तयार रहेको जनाउँदै राष्ट्रसङ्घलाई कारबाही गर्न आग्रह गरेको छ । इरानले आफ्ना नजिकका सहयोगी हमासका नेता इस्माइल हानियाह, हिजबुल्लाह नेता हसन नसरल्लाह र एक इरानी जनरलको हत्याको बदला लिन अक्टोबर १ मा इजरायलमा करिब २०० […]

Oct 16, 2024 - 11:05
 0
इजरायलले पुनः आक्रमण गरे निर्णायक जवाफ दिने इरानको चेतावनी

काठमाडौं । इरानका शीर्ष कूटनीतिज्ञले संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेससमक्ष इजरायलको मिसाइल आक्रमणको बदलामा तेहरान ‘निर्णायक र खेदजनक’ प्रतिक्रियाका लागि तयार रहेको जनाउँदै राष्ट्रसङ्घलाई कारबाही गर्न आग्रह गरेको छ ।

इरानले आफ्ना नजिकका सहयोगी हमासका नेता इस्माइल हानियाह, हिजबुल्लाह नेता हसन नसरल्लाह र एक इरानी जनरलको हत्याको बदला लिन अक्टोबर १ मा इजरायलमा करिब २०० वटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

इजरायली रक्षामन्त्री योव ग्यालान्टले गत हप्ता आफ्नो देशको प्रतिशोधात्मक उपाय ‘घातक, सटिक र आश्चर्यजनक’ हुने बताएका थिए ।

इरानका विदेशमन्त्री अब्बास अरागचीले गुटेर्रेससँगको फोन वार्तामा इरानले यस क्षेत्रको शान्ति र सुरक्षाको लागि सबै प्रयास गरिरहेको जनाउँदै इजरायलको कुनै पनि कार्यको निर्णायक र खेदजनक प्रतिक्रियाका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

अरागचीले राष्ट्रसङ्घलाई ‘इजरायली शासनको अपराध र आक्रामकता रोक्न र लेबनान र गाजामा मानवीय सहायता पठाउन’ आफ्ना स्रोतहरू प्रयोग गर्नसमेत अपिल गरेका छन् ।

पछिल्लो समयमा इरानी विदेशमन्त्रीले तनाव कम गर्ने प्रयासमा लेबनान, सिरिया, साउदी अरब, कतार, इराक र ओमानको भ्रमण गरेका छन् ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सामाजिक सञ्जाल एक्समा यो घटनाक्रम इजरायल, इरान र हमासबीचको युद्धको पृष्ठभूमिमा आएको र एक वर्षभन्दा लामो समयदेखि उग्र हुँदै लेबनानसम्म विस्तार भएको जनाएका छन् । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register