बुल्गेरिया पठाउने भन्दै ५ लाख ठग्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि बुल्गेरिया पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नं. ३ बसुन्धरा बस्ने ४१ वर्षीय टंक प्रसाद सुबेदी र ४४ वर्षिया नीता गौतम सुबेदी रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरीले टोलीले उनीहरुलाई बसुन्धराबाट पक्राउ गरेको हो । उनीहरुले […]

Oct 3, 2024 - 07:33
 0
बुल्गेरिया पठाउने भन्दै ५ लाख ठग्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि बुल्गेरिया पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नं. ३ बसुन्धरा बस्ने ४१ वर्षीय टंक प्रसाद सुबेदी र ४४ वर्षिया नीता गौतम सुबेदी रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरीले टोलीले उनीहरुलाई बसुन्धराबाट पक्राउ गरेको हो ।

उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारेर तीन जनालाई बुल्गेरिया पठाईदिने भन्दै ५ लाख ४० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

हाल उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register