अनुहारमा निखार ल्याउन घरमै बनाउनुहोस् फेस प्याक

काठमाडौं । हामी अनुहारलाई निखार्न विभिन्न प्रकारका केमिकलयुक्त सामग्री प्रयोग गर्छौँ । तर, पनि सोचे जस्तो निखार पाउन सक्दैनौं । बाहिरको केमिकलयुक्त सामग्रीले कहिलेकाहीँ समस्यालाई झन् बढाउन सक्छ । यस्तो अवस्थामा हामी घरमै कम खर्चमा फेस प्याक बनाएर लगाउन सक्छौँ । फेस प्याक हामीले हप्ताको एकदेखि दुई पटक लगाउनुपर्छ । घरमै बनाएको फेस प्याक्सले अनुहारमा […]

Oct 3, 2024 - 07:33
 0
अनुहारमा निखार ल्याउन घरमै बनाउनुहोस् फेस प्याक

काठमाडौं । हामी अनुहारलाई निखार्न विभिन्न प्रकारका केमिकलयुक्त सामग्री प्रयोग गर्छौँ । तर, पनि सोचे जस्तो निखार पाउन सक्दैनौं । बाहिरको केमिकलयुक्त सामग्रीले कहिलेकाहीँ समस्यालाई झन् बढाउन सक्छ । यस्तो अवस्थामा हामी घरमै कम खर्चमा फेस प्याक बनाएर लगाउन सक्छौँ ।

फेस प्याक हामीले हप्ताको एकदेखि दुई पटक लगाउनुपर्छ । घरमै बनाएको फेस प्याक्सले अनुहारमा जमेको फोहोर हटाउँछन्, छालालाई प्राकृतिक गुण दिन्छ, डेड स्किन सेल्सलाई कम गर्छ र छालालाई नरम बनाउन सहयोग गर्छ ।

कफी र मह

यो फेस प्याक बनाउनको लागि एक चम्चा कफी र एक चम्चा मह चाहिन्छ । एउटा भाडामा कफी र महलाई मिलाएर प्याक तयार गर्नुहोस् । यो फेस प्याकलाई अनुहारमा १५ देखि २० मिनेटसम्म लगाएर राख्न सकिन्छ । यसले अनुहारमा चमक ल्याउँछ र छाला चमक ल्याउँछ ।

दही र बेसार

यो फेस प्याकमा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छन्, जसले अनुहारका दाग–धब्बा हल्का पार्छ र सुरुवाती चाउरीहरूलाई कम गर्न मद्दत गर्छ । यो फेस प्याक बनाउनको लागि २ चम्चा दहीमा आधा चम्चा बेसार मिलाएर अनुहारमा लगाउनुहोस् । १५ मिनेटपछि धोएर हटाउनुहोस् ।

बेसार र मह

एक चम्चा बेसार र २ चम्चा मह मिलाएर यो फेस प्याक तयार गर्न सकिन्छ । यसले छालालाई एन्टी–इन्फ्लेमेटरी र एन्टीमाइक्रोबियल गुण दिन्छ । यो फेस प्याकलाई १५ देखि २० मिनेट लगाएर राख्न सकिन्छ र त्यसपछि धोएर हटाउनुहोस् ।

केरा र दूध

एउटा केरा र आवश्यक अनुसार दूध मिसाएर फेस प्याक तयार गर्नुहोस् । २० मिनेटसम्म यो फेस प्याकलाई अनुहारमा लगाएर राख्नुहोस् र त्यसपछि धोएर सफा गर्नुहोस् । यसले छालाको राम्रो क्लिन्जिङ गर्छ र छालालाई बेदाग बनाउन मद्दत गर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register