लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयर धनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १३ दशमलव ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ० दशमलव ७० प्रतिशत नगद […]

Oct 3, 2024 - 07:37
 0
लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयर धनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १३ दशमलव ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ० दशमलव ७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयर धनीहरूले पाउनेछन् । सुनसरीको दुहबीमा प्रधान कार्यालय रहेको संस्थाको हाल चुक्ता पुँजी १ अर्ब ५ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register