द ब्युटी वर्ल्डको बुटबलमा फेन्चाइज शाखा

झापा, १७ असोज । द ब्युटी वर्ल्ड मेकअप पार्लर एण्ड ट्रेनिङ सेन्टर झापाले आफ्नो फ्रेन्चाइज शाखा विस्तार गरेको छ । सीप सिकाएर महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्य सञ्चालित ट्रेनिङ सेन्टरले बुटवलस्थित किङ एण्ड क्वीन युनिसेक्स सैलुनसँग बुधबार औपचारिक सम्झौता गर्दै आफ्नो फ्रेन्चाइज शाखा विस्तार गरेको हो । हाल देशभर ४० वटा फ्रेन्चाइज बिस्तार गरेको [...] The post द ब्युटी वर्ल्डको बुटबलमा फेन्चाइज शाखा appeared first on Jhapa Online.

Oct 3, 2024 - 08:26
 0
द ब्युटी वर्ल्डको बुटबलमा फेन्चाइज शाखा

झापा, १७ असोज । द ब्युटी वर्ल्ड मेकअप पार्लर एण्ड ट्रेनिङ सेन्टर झापाले आफ्नो फ्रेन्चाइज शाखा विस्तार गरेको छ ।

सीप सिकाएर महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्य सञ्चालित ट्रेनिङ सेन्टरले बुटवलस्थित किङ एण्ड क्वीन युनिसेक्स सैलुनसँग बुधबार औपचारिक सम्झौता गर्दै आफ्नो फ्रेन्चाइज शाखा विस्तार गरेको हो । हाल देशभर ४० वटा फ्रेन्चाइज बिस्तार गरेको ब्युटी वर्ल्डले वार्षिक चार सय महिलालाई निःशुल्क सीप प्रदान गरी आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजनालाई अघि सारेको सञ्चालक वत्सल भट्टराईले जानकारी दिनुभयो ।

देशका विभिन्न शहरमा बिस्तार भएका फ्रेन्चाइजबाट कम्तिमा १० जना गरिब तथा विपन्न परिवारका महिलालाई छनोट गरी पार्लर सम्बन्धि सीप सिएकार देश–विदेशमा रोजगारका लागि दक्ष जनशक्ति उत्पादन गरिरहेको सञ्चालक भट्टराईले बताउनुभयो ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै किङ एण्ड क्वीन युनिसेक्स सैलुनकी सञ्चालिका आस्मा पाण्डेयले अब आफ्नो सेवा क्षेत्र थप बिस्तार हुनुका साथै व्यवसायिक प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गर्नुभयो ।

छ वर्ष लामो समय दुबईमा बसेर काम गरेको अनुभवसहित नेपालमा विगत ६ वर्षदेखि सेवा प्रदान गर्दै आएकी आस्माले महिलालाई आत्मनिर्भर बनाउने गरी ब्युटी वर्ल्डले ल्याएको योजनाबाट धेरैले लाभ लिन सक्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले बुटवलकै सविना थापासँग संयुक्त लगानीमा सैलुन सञ्चालनमा ल्याएर सीप प्रदान गर्दै आउनुभएको छ ।

ब्युटी वर्ल्डसँगको सहकार्यपछि अब वार्षिक १० जना महिलाले निःशुल्क सीप सिक्न पाउने छन् भने न्यूनतम शुल्क १० हजार तिरेर लेभ वान र टूको कोर्षहरु समेत सिक्न पाउने भएका छन् ।

‘हामीले सीप नभएका र कामको अवसर नपाएका बिपन्न तथा अपाङ्गता भएका महिलाहरूलाई मुख्य प्राथमिकतामा राखेका छौं’, ब्युटी वर्ल्डका सञ्चालक भट्टराईले, ‘जसले सीप सिकेर आफ्नो पौरखमा रम्न चाहन्छन् ।’

The post द ब्युटी वर्ल्डको बुटबलमा फेन्चाइज शाखा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register