सुर्खेतमा माटो खन्ने क्रममा ढुङ्गाले लागेर महिलाको मृत्यु

सुर्खेत । घर लिप्नका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार बिहान गुर्भाकोट नगरपालिका ७ सानोठकेनीकी ३८ वर्षीया ज्योती वलीको मृत्यु भएको हो । दशैंको लागि घर पोत्न नजिकै खोलाको छेउमा माटो खन्ने क्रममा माथिबाट आएको ढुङ्गाले लागेर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक […]

Oct 3, 2024 - 09:21
 0
सुर्खेतमा माटो खन्ने क्रममा ढुङ्गाले लागेर महिलाको मृत्यु

सुर्खेत । घर लिप्नका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ ।

बिहीबार बिहान गुर्भाकोट नगरपालिका ७ सानोठकेनीकी ३८ वर्षीया ज्योती वलीको मृत्यु भएको हो ।

दशैंको लागि घर पोत्न नजिकै खोलाको छेउमा माटो खन्ने क्रममा माथिबाट आएको ढुङ्गाले लागेर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।

उनका अनुसार हाल इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदम खड्काको नेतृत्वमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register