बिर्तामोड अन्तरवडा फुटबल : वडा नम्बर ५ विजयी

बिर्तामोड, १७ असोज । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटबल प्रतियोगितामा वडा नम्बर ५ विजयी भएको छ । आज भएको दोस्रो खेलमा वडा नम्बर ७ लाई सडनडेथमा हराउँदै वडा नम्बर ५ क्वार्टर फाइनल प्रवेश गरेको हो । खेलको चौथो मिनेटमा वडा नम्बर ७ का सेसेहाङ लिम्बूले गोल गर्दै अग्रता दिलाए [...] The post बिर्तामोड अन्तरवडा फुटबल : वडा नम्बर ५ विजयी appeared first on Jhapa Online.

Oct 3, 2024 - 15:30
 0
बिर्तामोड अन्तरवडा फुटबल : वडा नम्बर ५ विजयी

बिर्तामोड, १७ असोज । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटबल प्रतियोगितामा वडा नम्बर ५ विजयी भएको छ ।

आज भएको दोस्रो खेलमा वडा नम्बर ७ लाई सडनडेथमा हराउँदै वडा नम्बर ५ क्वार्टर फाइनल प्रवेश गरेको हो । खेलको चौथो मिनेटमा वडा नम्बर ७ का सेसेहाङ लिम्बूले गोल गर्दै अग्रता दिलाए पनि खेलको २४ औँ मिनेटमा वडा नम्बर ५ का बिक्की चौधरीले गोल फर्काएका थिए ।

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रकरमा पनि खेल बराबरी भएपछि सडनडेथबाट निर्णय निस्किएको थियो । सडनडेथमा वडा नम्बर ५ ले वडा नम्बर ७ लाई ९–८ गोल अन्तरले हराएको हो । खेलको प्लेयर अफ म्याच वडा नम्बर ५ का गोलकिप्पर राजन लामगादे भए । उनले नगद २ हजार र ट्रफी पाए ।

यसअघि भएको वडास्तरीय भेट्रान खेलमा वडा नम्बर ५ ले वडा नम्बर ७ लाई हरायो । पाँचौँ संस्करणको प्रतियोगिता सैनिक बजारमा रहेको महेन्द्रज्योति माविको खेल मैदानमा जारी छ । प्रतियोगिताको विजेताले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक सन्तोष गरुङले बताए ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र ट्रफी पाउँदा प्रत्येक खेलका प्लेयर अफ द म्याचले नगद दुई हजार र ट्रफी पाउने छन् । विधागत रुपमा उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर र फरवार्डले नगद पाँच हजार र ट्रफी पाउने सदस्य विशाल अग्रवालले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न आठ लाख ४६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको समितिले जनाएको छ । समितिका अध्यक्ष विकास गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समितिका सचिव विसन लिम्बूले गरेका थिए ।

The post बिर्तामोड अन्तरवडा फुटबल : वडा नम्बर ५ विजयी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register