झापासहित पूर्वका चार जिल्लामा सचेत रहन आग्रह

झापा, १७ असोज । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहीबार बिहान ४ बजेको मापन अनुसार पछिल्लो ३ घण्टामा झापाको अनरमनी बिरता, शनिश्चरे र बाहुनडाँगीमा सामान्यदेखि मध्यम वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै इलामको कन्याम टी–स्टेट र बरफल्याङ, [...] The post झापासहित पूर्वका चार जिल्लामा सचेत रहन आग्रह appeared first on Jhapa Online.

Oct 3, 2024 - 03:46
 0
झापासहित पूर्वका चार जिल्लामा सचेत रहन आग्रह

झापा, १७ असोज । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

बिहीबार बिहान ४ बजेको मापन अनुसार पछिल्लो ३ घण्टामा झापाको अनरमनी बिरता, शनिश्चरे र बाहुनडाँगीमा सामान्यदेखि मध्यम वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै इलामको कन्याम टी–स्टेट र बरफल्याङ, पाँचथरको फिदिम, मोरङको बाहुने र आसपास सामान्यदेखि मध्यम वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाई छ ।

उक्त क्षेत्रहरू भई बहने कन्काइ नदी, हेवा खोला, पूवा खोला, माई खोला, अदुवा खोला, बाहुने खोला लगायत अन्य स(साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना रहेको छ । नदी तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

The post झापासहित पूर्वका चार जिल्लामा सचेत रहन आग्रह appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register