आदर्श साकोस दुधेमा ८८ करोड ५२ लाख बढी कारोबार

शिवसताक्षी, १७ असोज । झापाको शिवसताक्षीको दूधेमा सञ्चालित आदर्श बचत तथा ऋण सहकारी संस्थाले १९ औं वार्षिक साधारण सभा गरेको छ । संस्थाले दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय परिसरमा शिवसताक्षी ७, ९, १० र ११ नं. वडाका शेयर सदस्यहरुलाई सहभागी गराई साधारण सभा गरेको हो । साधारण सभामा संस्थाका अध्यक्षद्वारा प्रस्तुत गरिएको [...] The post आदर्श साकोस दुधेमा ८८ करोड ५२ लाख बढी कारोबार appeared first on Jhapa Online.

Oct 3, 2024 - 15:26
 0
आदर्श साकोस दुधेमा ८८ करोड ५२ लाख बढी कारोबार

शिवसताक्षी, १७ असोज । झापाको शिवसताक्षीको दूधेमा सञ्चालित आदर्श बचत तथा ऋण सहकारी संस्थाले १९ औं वार्षिक साधारण सभा गरेको छ ।

संस्थाले दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय परिसरमा शिवसताक्षी ७, ९, १० र ११ नं. वडाका शेयर सदस्यहरुलाई सहभागी गराई साधारण सभा गरेको हो । साधारण सभामा संस्थाका अध्यक्षद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा आ.व. २०८०/०८१ मा संस्थाले २१ लाख ३९ हजार ९९ रकम खुद नाफ भएको उल्लेख छ ।

२०६२ सालमा डिभिजन सहकारी कार्यालय भद्रपुरमा दर्ता भई २६ जना शेयर सदस्यको ५२ हजार रकमबाट कारोबार प्रारम्भ गरेको सहकारीले आफ्नो १८ वर्ष पुरा गर्दा २ हजार ७०९ सदस्य बनाएको छ। हालको शेयर पुँजी १ करोड ८५ लाख ६४ हजार ४०० र कोष १ करोड १७ लाख १४ हजार १०८ गरी कुल पुँजी १५ करोड २३ लाख १० हजार ६७८ रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । संस्थाले आ.व. २०८०÷०८१ मा ८८ करोड ५२ लाख, ८२ हजार ६१३ रकम बराबरको कारोबार गरेको संस्थाका अध्यक्ष चन्द्र थापाले जानकारी दिए ।

अध्यक्ष थापाले २०८१ ÷०८२ लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक विष्णुलाल भट्टराईले प्रस्तुत गरे । उनले गएको वर्ष संस्थाले गरेको सम्पूर्ण कारोबारको बारेर प्रट्स्याएका थिए ।

संस्थाले गएको आश्विन १२ गतेबाट वार्षिक साधारण क्षेत्र विभाजन गरी सुरु गरेको संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोख्रेलले जानकारी दिए । उनले शिवसताक्षीको डुँडामारी, पाँचगाछी र दूधेमा साधारण सभा सम्पन्न गरेको बताए ।

आगामी आश्विन १९ गते संस्थाको कार्यालयमा माइन्युट प्रमाणिकरण गर्दै संस्थाले सम्पूर्ण साधारण सभाका कामहरु सम्पन्न गर्ने आदर्श साकोसले जनाएको छ ।दुधेमा मुख्य कार्यालय रहेको संस्थाले शिवसताक्षीको बोलोचोकमा सेवा केन्द्र समेत सञ्चालन गर्दै आएको छ ।

The post आदर्श साकोस दुधेमा ८८ करोड ५२ लाख बढी कारोबार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register