उपत्यका वरपरको सडकको अवस्था कहाँ कस्तो ?
काठमाडौं । उपत्यकासहित देशभरका सडक यातायातको साँझ ५ बजेसम्मको अवस्थाबारे जानकारी गराएको छ । काठमाडौंको नागस्थानबाट न्युरोडगेट हुँदै महांकालतर्फ जाने सवारी साधन क्युमा चलिरहेको प्रहरीले जनाएको छ । आवागमनको व्यवस्थापनका लागि ट्याक्सी र सामान बोक्ने सवारी साधनलाई न्युरोड गेटबाट जुद्दशालिकतर्फ जान नदिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सवारी साधनको संख्या बढेकाले चाबहिल हुँदै चल्ने […]
काठमाडौं । उपत्यकासहित देशभरका सडक यातायातको साँझ ५ बजेसम्मको अवस्थाबारे जानकारी गराएको छ ।
काठमाडौंको नागस्थानबाट न्युरोडगेट हुँदै महांकालतर्फ जाने सवारी साधन क्युमा चलिरहेको प्रहरीले जनाएको छ ।
आवागमनको व्यवस्थापनका लागि ट्याक्सी र सामान बोक्ने सवारी साधनलाई न्युरोड गेटबाट जुद्दशालिकतर्फ जान नदिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सवारी साधनको संख्या बढेकाले चाबहिल हुँदै चल्ने सवारी साधन पनि क्युमा चलिरहेका छन् । ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी साधन भने चल्न नसकेको बताइएको छ ।
उपत्यकाको अन्य स्थानको सवारी आवागमन सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।
पहिरोको कारण बीपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेको छैन् । अन्य नाकाको सवारी आवागमन भने सामान्य रहेको प्रहरीले बताएको छ ।
What's Your Reaction?