विपद् अपडेट : काठमाडौं उपत्यकामा ६६ जनाको मृत्यु, देशभर १९ जना बेपत्ता

काठमाडौं । असोज ११ र १२ मा  अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी काठमाडौं उपत्यकामा   ६६ जनाको मृत्यु भएको छ । सोमध्ये ललितपुरमा सबैभन्दा धेरैको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरमा ४४ जना, काठमाडौंमा १७ जना र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । हालसम्म देशभर २३६ जनाको मृत्यु पुष्टि भएको […]

Oct 3, 2024 - 16:45
 0
विपद् अपडेट :  काठमाडौं उपत्यकामा ६६ जनाको मृत्यु, देशभर १९ जना बेपत्ता

काठमाडौं । असोज ११ र १२ मा  अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी काठमाडौं उपत्यकामा   ६६ जनाको मृत्यु भएको छ । सोमध्ये ललितपुरमा सबैभन्दा धेरैको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरमा ४४ जना, काठमाडौंमा १७ जना र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ ।

हालसम्म देशभर २३६ जनाको मृत्यु पुष्टि भएको बताइएको  छ । कोशी प्रदेशमा २० जना, मधेसमा ९ जना, बागमतीमा १३९ जना, लुम्बिनी  र गण्डकीमा २/२ जनाको  मृत्यु भएको प्रहरीको तथ्यांक छ ।

देशभर  १७ हजार १३१ जनाको उद्धार गरिएको छ  । सोही घटनामा हालसम्म १९ जना बेपत्ता भएका  छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register