सरकारको नीति तथा कार्यक्रममा दिगो विकासको लक्ष्यबारे केही आएन: गोकर्ण विष्ट

May 24, 2023 - 06:55
 0
सरकारको नीति तथा कार्यक्रममा दिगो विकासको लक्ष्यबारे केही आएन: गोकर्ण विष्ट
सरकारको नीति तथा कार्यक्रममा दिगो विकासको लक्ष्यबारे केही आएन: गोकर्ण विष्ट

काठमाडौँ । नेकपा एमालेका सांसद गोकर्ण विष्टले सरकारको नीति तथा कार्यक्रमले दिगो विकासका लक्ष्यका कुराहरूलाई समावेश नगरेको बताउनु भएको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले विगतमा सरकारले कार्यक्रमलाई पनि नसमेटिएको बताउनु भयो।

सांसद विष्टले भन्नुभयो, ‘आवधिक योजनाको यो अन्तिम वर्ष हो । १५औँ योजनाको  योजना हो। १५ औँ योजनाको दीर्घकालीन सोच, लक्ष, राष्ट्रिय रणनीति रूपान्तरणको प्रमुख संवाहक, दीर्घकालीन लक्ष्यका परिणामहरूसँग यसको कुनै सङ्गति र साइनो देखिँदैन। संयुक्त राष्ट्रसङ्घले सन् २०१५ मा विश्वमा दिगो विकासको लक्ष्य उल्लेख गरेको छ। सहभागिता, समावेशी र अधिकारमुखी विकासको प्रक्रिया मार्फत गरीबी र भोकमरीको अन्त्य गर्ने शिक्षा र रोजगारीमा सबैको पहुँच पुर्‍याउने केही महत्त्वपूर्ण कुराहरूलाई सन् २०१६ देखि २०३० सम्म दिगो विकास लक्ष्य घोषणा गरेको छ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.