हिजबुल्लाहको प्रमुख बन्न लागेका नसरल्लाहका भाइ सफीद्दीन मारिए !

काठमाडौं । इजरायली हमलामा मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहका भाइ हसिम सफीद्दीनको पनि मृत्यु भएको दाबी गरिएको छ । टाइम्स अफ इजरायलको रिपोर्टकाअनुसार इजरायली सेनाले बिहीबार बेरुतको सफीद्दिनलाई निशाना बनाएको थियो । अलजजीराका अनुसार इजरायली सेनाले भूमिगत बंकरमा ११ वटा मिसाइल प्रहार गरेको थियो । हिजबुल्लाहका शीर्ष अधिकारीहरूले त्यहाँ बैठक गरिरहेका थिए । त्यसमा सैफिदिन […]

Oct 4, 2024 - 07:17
 0
हिजबुल्लाहको प्रमुख बन्न लागेका नसरल्लाहका भाइ सफीद्दीन मारिए !

काठमाडौं । इजरायली हमलामा मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहका भाइ हसिम सफीद्दीनको पनि मृत्यु भएको दाबी गरिएको छ ।

टाइम्स अफ इजरायलको रिपोर्टकाअनुसार इजरायली सेनाले बिहीबार बेरुतको सफीद्दिनलाई निशाना बनाएको थियो ।

अलजजीराका अनुसार इजरायली सेनाले भूमिगत बंकरमा ११ वटा मिसाइल प्रहार गरेको थियो । हिजबुल्लाहका शीर्ष अधिकारीहरूले त्यहाँ बैठक गरिरहेका थिए । त्यसमा सैफिदिन पनि सहभागी हुन लागेका थिए । सैफिदिन त्यहाँ पुगेका थिए वा थिएनन् भन्ने जानकारी उपलब्ध छैन । यस हमलामा कति जनाको ज्यान गयो भन्ने पनि थाहा छैन ।

न त इजरायल डिफेन्स फोर्स (आईडीएफ) र न हिजबुल्लाहले सफीद्दिनको हत्याको बारेमा कुनै बयान जारी गरेका छैनन् ।

को हुन् हिजबुल्लाह प्रमुख हसन नसरल्लाह ?

सफीद्दीन सन् १९८२ देखि हिजबुल्लाहसँग सम्बद्ध थिए । गत हप्ता नसरल्लाह मारिएपछि उनलाई हिजबुल्लाह प्रमुख बनाउने चर्चा चलेको थियो । उनी नसरल्लाहका भाइ हुन् ।

हसन नसरल्लाह जस्तै सैफिद्दीनले कालो पगडी लगाउँछन् । सन् २०१७ मा अमेरिकाले उनलाई आतंकवादी घोषणा गरेको थियो । उनले हिजबुल्लाहको राजनीतिक मामिला हेर्छन् । यसबाहेक उनी जिहाद काउन्सिलका अध्यक्ष पनि हुन्, जसले संगठनको सैन्य अभियानको योजना बनाउँछ ।

अरब देशको ‘स्वीट्जरल्यान्ड’ लेबनान : प्यालेस्टाइनको मित्रता र इजरायलसँगको दुश्मनीले बर्बाद

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register