आमा-बुवाबाट टीका थाप्दै सन्दीपले भने- धेरै उतारचढावपछि टीका लगाएँ, खुसी छु

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पनि विजयादशमीको टीका ग्रहण गरेका छन् । उनले आमा-बुवाको हातबाट टीका ग्रहण गरेका हुन् । उनले यसअघिका वर्षहरूमा टीका लगाउन नपाउँदा तड्पिएको बताएका छन् । “निधारमा आमा-बुवाको हातको यो टीका लगाउन म कति तड्पेको थिएँ, त्यो मलाई मात्र थाहा छ । १० वर्षपछि आज जिन्दगीको धेरै उतारचढावपछि यो पल फेरि […]

Oct 12, 2024 - 11:09
 0
आमा-बुवाबाट टीका थाप्दै सन्दीपले भने- धेरै उतारचढावपछि टीका लगाएँ, खुसी छु

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पनि विजयादशमीको टीका ग्रहण गरेका छन् ।

उनले आमा-बुवाको हातबाट टीका ग्रहण गरेका हुन् । उनले यसअघिका वर्षहरूमा टीका लगाउन नपाउँदा तड्पिएको बताएका छन् ।

“निधारमा आमा-बुवाको हातको यो टीका लगाउन म कति तड्पेको थिएँ, त्यो मलाई मात्र थाहा छ । १० वर्षपछि आज जिन्दगीको धेरै उतारचढावपछि यो पल फेरि फर्केर आएको छ,” उनले भनेका छन् ।

उनले थपेका छन्, “भगवान्‌लाई धेरै-धेरै धन्यवाद कि मेरा यी भगवान्‌हरू सधैँ मेरो साथमा हुनुहुन्छ । दशैंको सबैलाई शुभकामना ।”

सन्दीपले १० वर्षपछि विजयादशमीको टीका लगाएका हुन् । उनले यसबीचमा बलात्कारको आरोप सामना गर्नुपरेको थियो ।

यसैतर्फ लक्षित गर्दै उनले दशैंमा आमा-बुवाको हातबाट टीका ग्रहण गर्दा हर्षविभोर भएको उल्लेख गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register