लेबनानका ३० गाउँका बासिन्दालाई आफ्नो घर छाड्न इजरायली सेनाको आग्रह

काठमाडौं । लेबनानको दक्षिणी क्षेत्रका ३० भन्दा बढी गाउँका बासिन्दालाई इजरायली सेनाले तुरुन्तै आफ्नो घर छाड्न आग्रह गरेको छ । इजरायली सेनाका प्रवक्ताले तुरुन्तै आफ्नो घर छोडेर अवाली नदीको उत्तरतर्फ जान आग्रह गरेका हुन् । त्यहाँ इजरायली सेनाले आक्रमण गर्ने तयारी गरेको छ । इजरायली सेनाका प्रवक्ता अविचाइ एन्ड्राईले सोशल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, […]

Oct 4, 2024 - 10:29
 0
लेबनानका ३० गाउँका बासिन्दालाई आफ्नो घर छाड्न इजरायली सेनाको आग्रह

काठमाडौं । लेबनानको दक्षिणी क्षेत्रका ३० भन्दा बढी गाउँका बासिन्दालाई इजरायली सेनाले तुरुन्तै आफ्नो घर छाड्न आग्रह गरेको छ ।

इजरायली सेनाका प्रवक्ताले तुरुन्तै आफ्नो घर छोडेर अवाली नदीको उत्तरतर्फ जान आग्रह गरेका हुन् । त्यहाँ इजरायली सेनाले आक्रमण गर्ने तयारी गरेको छ ।

इजरायली सेनाका प्रवक्ता अविचाइ एन्ड्राईले सोशल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘जो कोही पनि हिजबुल्लाहको स्थापना र हतियार नजिक छ, उसले आफ्नो जीवनलाई खतरामा पारेको छ । दक्षिणतर्फको कुनै पनि गतिविधिले तपाईंको जीवनलाई खतरामा पार्न सक्छ ।’

यसैबीच लेबनानको सरकारी समाचार एजेन्सीले इरानका विदेशमन्त्री बेरुत पुग्ने बताएको थियो ।

लेबनानको सरकारी समाचार एजेन्सी एनएनएले इरानी विदेशमन्त्री अब्बास अराक्चीलाई लिएर इरानी विमान रफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जनाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register