देशभरका सडकको अवस्था कहाँ कस्तो ?

काठमाडौं । उपत्यकासहित देशभरका सडक यातायातको साँझ ५ बजेसम्मको अवस्थाबारे  जानकारी गराएको छ  । काठमाडौंको नागस्थानबाट न्युरोडगेट हुँदै महांकालतर्फ जाने सवारी साधन क्युमा चलिरहेको प्रहरीले जनाएको छ । आवागमनको व्यवस्थापनका लागि ट्याक्सी र सामान बोक्ने सवारी साधनलाई न्युरोड गेटबाट जुद्दशालिकतर्फ जान नदिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सवारी साधनको संख्या बढेकाले चाबहिल हुँदै चल्ने […]

Oct 3, 2024 - 14:37
 0
देशभरका सडकको अवस्था कहाँ कस्तो ?

काठमाडौं । उपत्यकासहित देशभरका सडक यातायातको साँझ ५ बजेसम्मको अवस्थाबारे  जानकारी गराएको छ  ।

काठमाडौंको नागस्थानबाट न्युरोडगेट हुँदै महांकालतर्फ जाने सवारी साधन क्युमा चलिरहेको प्रहरीले जनाएको छ ।

आवागमनको व्यवस्थापनका लागि ट्याक्सी र सामान बोक्ने सवारी साधनलाई न्युरोड गेटबाट जुद्दशालिकतर्फ जान नदिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सवारी साधनको संख्या बढेकाले चाबहिल हुँदै चल्ने सवारी साधन पनि क्युमा चलिरहेका छन् ।ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी साधन भने चल्न नसकेको बताइएको  छ ।

उपत्यकाको अन्य स्थानको सवारी आवागमन सामान्य रहेको पनि प्रहरीले जनाएको  छ ।  पहिरोको कारण बीपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेको छैन् । अन्य नाकाको सवारी आवागमन भने  सामान्य रहेको प्रहरीले बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register