खस्कियो दशैँ बजार, उत्साहित छैनन् व्यापारी…

काठमाडौँ । काठमाडौँ उपत्यकाका मुख्य बजारमा दशैँको किनमेल गर्नेको संख्या घटेको व्यापारीहरुले दुखेसो पोखेका छन् । दशैँको मुखमा अविरल वर्षापछि आएको बाढी पहिरोका कारण गाउँ जानेहरुको संख्या घटेसँगै व्यापार पनि घटेको व्यापारीहरुको भनाइ छ ।  बाढी पहिरोअघि दशैँ बजार बिस्तारै बढेपनि राजमार्गहरु अवरुद्ध भएपछि भने व्यापारमा कमी आएको व्यवसायीहरुको भनाइ छ ।  उपत्यकाका मुख्य बजारहरु […]

Oct 4, 2024 - 13:17
 0
खस्कियो दशैँ बजार, उत्साहित छैनन् व्यापारी…

काठमाडौँ । काठमाडौँ उपत्यकाका मुख्य बजारमा दशैँको किनमेल गर्नेको संख्या घटेको व्यापारीहरुले दुखेसो पोखेका छन् । दशैँको मुखमा अविरल वर्षापछि आएको बाढी पहिरोका कारण गाउँ जानेहरुको संख्या घटेसँगै व्यापार पनि घटेको व्यापारीहरुको भनाइ छ । 

बाढी पहिरोअघि दशैँ बजार बिस्तारै बढेपनि राजमार्गहरु अवरुद्ध भएपछि भने व्यापारमा कमी आएको व्यवसायीहरुको भनाइ छ । 

उपत्यकाका मुख्य बजारहरु असन, न्युरोड, महाबौद्ध, भोटाहिटी, ललितपुरको मंगलबजार, लगनखेल, भक्तपुरको मुख्य बजार क्षेत्रमा किनमेल गर्नेहरुको संख्या विगतको तुलनामा कम देखिएको छ ।

असनका व्यापारी लक्ष्मण भुसालले पहिलेको तुलनामा यसवर्ष व्यापारमा ह्वात्तै कमी आएको बताएका छन् । ‘आर्थिक मन्दी त छँदै थियो, त्यसबीचमा बाढीपहिरो आयो । राजमार्ग अवरुद्ध भएपछि सामान आइपुग्न सकेन । अर्डर गरेको सामानहरु बाटोमै अलपत्र परेको छ ।’, उनले भने, ‘नेपालमा पैसा कमाउने वातावरण नै छैन् । देशसँग नै पुँजी छैन् । विदेशबाट कमाएर ल्याएर किनमेल गर्नुपर्ने छ र यही पैसा कमाएर खुलेर सपिङ गर्ने अवस्था देखिएको छैन ।’

त्यस्तै, काठमाडौँ महानगरमा फुटपातका पसलहरु हटेका कारण पनि बजार खस्किएको व्यापारीहरुको भनाइ छ । ‘पहिलेपहिले पसलका सामानहरु फुटपाथका व्यापारीले उठाइदिन्थे । अहिले त्यस्तो छैन । किनमेल गर्न आएकाहरु पर्यटकजस्ता छन् । भीडभाड नै छैन ।’, अर्का एक व्यापारीले भने, ‘सामान डेलिभर गर्न पनि एक हप्तासम्म लाग्ने गरेको छ ।’  

हाल काठमाडौँ उपत्यकाभित्रका पसलहरुमा ७० प्रतिशतले व्यापार घटेको व्यापारीहरुको भनाइ छ । विगतका वर्षहरुमा जस्तो यस वर्ष आर्थिक मन्दी र बाढी पहिरोको दुवै प्रभावले ब्यापार घटेको व्यापारीहरुको भनाइ छ । दशैं लागेसँगै बजारमा ग्राहकहरु बढ्ने र व्यापारीहरुलाई केही राहत मिल्ने आशा भएपनि बाढी पहिरोका कारण बजार थप प्रभावित भएको गुनासो गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register