यसरी बनाउनुहोस् लौकाको परौठा, स्वादिष्टसँगै हुनेछ स्वस्थकर

काठमाडौं । तपाईंले आलु, प्याज, गोभी र पनीरका परौठा धेरै खाएको हुनसक्छ । तर, के तपाईंले कहिल्यै लौकाको परौठा खानुभएको छ ? लौकाबाट पनि स्वादिष्ट परौठा बन्छ । लौकाको परौठा खानमा जति स्वादिष्ट हुन्छ, त्यो भन्दा धेरै स्वस्थकर हुन्छ । जो व्यक्ति लौकाको नाम सुनेर मुख बिगार्छन्, तिनीहरूका लागि लौकाको परौठा राम्रो विकल्प हो । […]

Oct 4, 2024 - 13:09
 0
यसरी बनाउनुहोस् लौकाको परौठा, स्वादिष्टसँगै हुनेछ स्वस्थकर

काठमाडौं । तपाईंले आलु, प्याज, गोभी र पनीरका परौठा धेरै खाएको हुनसक्छ । तर, के तपाईंले कहिल्यै लौकाको परौठा खानुभएको छ ? लौकाबाट पनि स्वादिष्ट परौठा बन्छ । लौकाको परौठा खानमा जति स्वादिष्ट हुन्छ, त्यो भन्दा धेरै स्वस्थकर हुन्छ ।

जो व्यक्ति लौकाको नाम सुनेर मुख बिगार्छन्, तिनीहरूका लागि लौकाको परौठा राम्रो विकल्प हो । आउनुहोस्, लौकाको परौठा बनाउने विधिबारे जानौँ ।

लौकाको परौठा बनाउनका लागि सबैभन्दा पहिले आँटा मुछ्नुहोस् र अलिकति नुन मिसाउनुहोस् । केही समय पिठोलाई ढाकेर छोड्नुहोस् ।

अब लौकालाई धोएर पिस्नुहोस् । एउटा भाँडोमा १ चम्चा घिउ, अलिकति जिरा, सानो काटेको हरियो खुर्सानी, १ चिम्टी बेसार राखेर त्यसमा लौका हालेर ढाक्नुहोस् ।  त्यसपछि लौकालाई हल्का फ्राई गर्नुहोस् ।

अब लौकामा अलिकति गरम मसला र हरियो धनियाँ मिसाउनुहोस् । त्यसपछि चिसो हुन दिनुहोस् । तपाईं आफ्नो स्वादअनुसार मसला कम वा बढी गर्न सक्नुहुन्छ । ध्यान दिनुहोस् कि लौकाको पानी सुक्नेसम्म पकाउनुपर्छ ।

अब आँटामा अलिकति तेल लगाएर सानो/सानो डल्लो बनाउनुहोस् र बीचमा १–२ चम्चा लौकाको स्टफिङ राख्नुहोस् र हल्का हातले परौठा जस्तै बेल्नुहोस् ।

यदि तपाईंलाई परौठा बनाउन गाह्रो हुन्छ वा स्टफिङ बाहिर निस्कन्छ भने यसको लागि तपाईं २ पातलो रोटी बेलेर बिचमा स्टफिङ राख्नुहोस् र रोटीलाई छेउबाट थिचेर बन्द गर्नुहोस् ।

परौठामा १–२ बेलन लगाउँदै एक उचित आकार दिनुहोस् । त्यसपछि परौठालाई तावामा राखेर राम्रोसँग दुबै साइडबाट सेक्नुहोस् । अब यसरी तयार भएको लौकाको स्वादिष्ट परौठालाई कुनै पनि चटनी वा सससँग खानुहोस् ।  यो स्वादिष्ट हुनुका साथै स्वास्थ्यको लागि पनि फाइदाजनक छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register