इजरायली सेनाको आक्रमणमा परी गाजामा २१ जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाको आक्रमणमा परी मस्जिदमा शरण लिइरहेका करिब २१ जनाको ज्यान गएको छ । आइतबार भएको आक्रमणमा परी उनीहरूको मृत्यु भएको हमासको नागरिक रक्षा एजेन्सीले जनाएको छ । केन्द्रीय गाजास्थित देर अल-बालाहमा भएको मस्जिदमा रहेका हमासका अतिवादीहरूलाई निशाना बनाएको इजरयाली सेनाले जनाएको छ । सो क्षेत्रको एक विद्यालयमा पनि हमला गरेको इजरायली सेनाले […]

Oct 6, 2024 - 09:05
 0
इजरायली सेनाको आक्रमणमा परी गाजामा २१ जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाको आक्रमणमा परी मस्जिदमा शरण लिइरहेका करिब २१ जनाको ज्यान गएको छ । आइतबार भएको आक्रमणमा परी उनीहरूको मृत्यु भएको हमासको नागरिक रक्षा एजेन्सीले जनाएको छ ।

केन्द्रीय गाजास्थित देर अल-बालाहमा भएको मस्जिदमा रहेका हमासका अतिवादीहरूलाई निशाना बनाएको इजरयाली सेनाले जनाएको छ । सो क्षेत्रको एक विद्यालयमा पनि हमला गरेको इजरायली सेनाले बताएको छ ।

यसैबीच इजरायली हवाई बल लेबनानको क्षेत्रबाट गएराति गरिएको हवाई हमलालाई रोक्न सफल भएको आईडिएफले उल्लेख गरेको छ ।

यद्यपि, सो आक्रमणमा कुनै मानिसको मृत्यु भएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register