झापामा बाढीमा डुबेर छ जनाको मृत्यु

भद्रपुर, १७ असोज । गत साता अविरल वर्षाका कारण आएको बाढीमा डुबेर झापामा छ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार तीनजनाको गौरादहको कृष्णे खोलामा डुबेर ज्यान गएको छ भने कनकाई, मेची र जमुना नदीमा डुबेर एक–एक जनाको मृत्यु भएको छ । गौरीगञ्ज–२ बस्ने ५५ वर्षीय केनालाल ताजपुरिया, गौरीगञ्ज–२ कै ७५ वर्षीय [...] The post झापामा बाढीमा डुबेर छ जनाको मृत्यु appeared first on Jhapa Online.

Oct 3, 2024 - 08:30
 0
झापामा बाढीमा डुबेर छ जनाको मृत्यु

भद्रपुर, १७ असोज । गत साता अविरल वर्षाका कारण आएको बाढीमा डुबेर झापामा छ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार तीनजनाको गौरादहको कृष्णे खोलामा डुबेर ज्यान गएको छ भने कनकाई, मेची र जमुना नदीमा डुबेर एक–एक जनाको मृत्यु भएको छ । गौरीगञ्ज–२ बस्ने ५५ वर्षीय केनालाल ताजपुरिया, गौरीगञ्ज–२ कै ७५ वर्षीय महेश्वर न्यौपाने र कमल–१ बस्ने मुसे भनिने ३५ वर्षीय टिकाराम चौधरीको कृष्णे खोलामा डुबेर मृत्यु भएको हो ।

त्यस्तै, कचनकवलको जमुना खोलाले बगाएर कचनकवल–१ की १४ वर्षीया नेहारिका राजवंशीको मृत्यु भएको थियो । बेपत्ता चारै जनाको शव लामो खोजतलास पछि मात्र फेला परेको थियो । मेची र कनकाई नदीमा डुबेको अवस्थामा दुईवटा बेवारिसे शव फेला परेको थियो । ती दुवै पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

The post झापामा बाढीमा डुबेर छ जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register