तमू विद्यार्थी छोंज धीं झापा जिल्ला समिति पुनः गठन

बिर्तामोड, १८ असोज । नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्यसमिति झापाको समिति पुनः गठन गरिएको छ । झापाको बितामोड सम्पन्न चौथो जिल्ला अधिवेशनले अध्यक्षमा पुनः नवेश गुरुङलाई निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा किरण गुरुङ महिला उपाध्यक्षमा रिन्जी गुरुङ, सचिवमा ममता गुरुङ, एन्जिला गुरुङ, सहसचिवमा सनम गुरुङ, कोषाध्यक्षमा शीला गुरुङ, सहकोषाध्यक्षमा उदन गुरुङ [...] The post तमू विद्यार्थी छोंज धीं झापा जिल्ला समिति पुनः गठन appeared first on Jhapa Online.

Oct 4, 2024 - 14:30
 0
तमू विद्यार्थी छोंज धीं झापा जिल्ला समिति पुनः गठन

बिर्तामोड, १८ असोज । नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्यसमिति झापाको समिति पुनः गठन गरिएको छ ।

झापाको बितामोड सम्पन्न चौथो जिल्ला अधिवेशनले अध्यक्षमा पुनः नवेश गुरुङलाई निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा किरण गुरुङ महिला उपाध्यक्षमा रिन्जी गुरुङ, सचिवमा ममता गुरुङ, एन्जिला गुरुङ, सहसचिवमा सनम गुरुङ, कोषाध्यक्षमा शीला गुरुङ, सहकोषाध्यक्षमा उदन गुरुङ निर्वाचित हुनु भएको छ ।

त्यस्तै, समितिको सदस्यमा लक्की गुरुङ, सलिना गुरुङ, समिक्षा गुरुङ, आदित्य गुरुङ, निर्जन गुरुङ लाई चयन गरिएको छ । तमू विद्यार्थी छोंज धीं जिल्ला कार्यसमिति झापाका अध्यक्ष नवेश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सचिवालय सदस्य तथा समाजसेवी व्यक्तित्व जलकुमार गुरुङको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा केन्द्रीय सल्लाहाकार मेजर श्याम गुरुङ, पूर्व केन्द्रीय सदस्य श्याम गुरुङ, बिर्तामोड नगरपालिका वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङ, तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका झापा जिल्ला अध्यक्ष टिकाराम गुरुङ, उपाध्यक्ष जगत गुरुङ, बिर्तामोड नगर अध्यक्ष कुमार गुरुङ, पूर्व अध्यक्ष सलबहादुर गुरुङ, तमुस्यो छोंज धींका केन्द्रीय सदस्य गौरीमाया गुरुङ, तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद मेचीनगर इकाई समितिका अध्यक्ष सुवास गुरुङ, कन्काई नगर इकाईका उपाध्यक्ष एलवि गुरुङ, पाँचथर गुरुङ समाजका सल्लाहाकार केन्द्रप्रसाद गुरुङ, पाँचथर गुरुङ समाज बिर्तामोडका अध्यक्ष अमरबहादुर गुरुङ, सचिव निर्मला गुरुङ लगायतको उपस्थिति थियो ।

कार्यक्रममा सहयोगी दातालाई सम्मान पत्र प्रदान गरिएको थियो भने नृत्य गर्ने विद्यार्थीहरुलाई प्रशंसा पत्रसहित खादा ओढाएर सम्मान गरिएको थियो ।तमू विद्यार्थी छोंज धीं जिल्ला कार्यसमिति झापाकी उपाध्यक्ष रिन्जी गुरुङले स्वागत गरेकी कार्यक्रमको सञ्चालन सचिव ममता गुरुङले गर्नुभएको थियो ।

राष्ट्रिय स्तरको साझा संस्था नेपाल तमू विधार्थी छोंज धींको स्थापनाको २८ वर्ष पूरा भइसकेको छ । देशभरका करिब ५२ जिल्लामा संगठन विस्तार भई सकेको छ । झापा जिल्ला अन्तर्गत २०६४ सालमा तमू विद्यार्थी संगठनको विस्तार भएको हो ।

पहिलो जिल्ला सम्मेलनले गोपाल तमूको नेतृत्वमा पाएको थियो भने दोस्रो जिल्ला अधिवेशन २०६८ मा प्रकाश गुरुङलको नेतृत्व पाएको थियो विद्यार्थीहरु अध्ययन र नयाँ रोजगारीको अवसरको खोजी गर्दै विदेश पलायन लगायत विविध कारणले लामो समय निक्रिय रहेको जिल्लाको विद्यार्थी संगठन २०७८ मा पुनः जीवित गर्दै नवेश गुरुङको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरिएको थियो ।

जिल्लाको केन्द्रमा रहेको विर्तामोड नगर क्षेत्रका विद्यार्थी संगठनलाई विस्तार गर्दै किरण गुरुङको नेतृत्वमा २७ सदस्यीय समिति रहेको छ । तमू विद्यार्थीलाई संगठित गर्दै आफ्‌नो जातिय भाषा, भेषभुषा, संस्कृतिको जर्गेना र तमू एकताको लागि उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको पृष्टभूमि सहित ूमातृभाषा र सिपमुलक शिक्षा सुनिश्चितताको निम्ति हाम्रो आह्वान स्वरोजगारको अभियान सहित चौथो झापा जिल्ला अधिवेशनू २०८१ भन्ने नाराका साथ सम्पन्न भएको छ।

The post तमू विद्यार्थी छोंज धीं झापा जिल्ला समिति पुनः गठन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register