इजरायली सेना पछि हट्यो : हिजबुल्लाह

काठमाडौं । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमाक्षेत्रमा जारी झडप सक्रिय रहेको शनिबार जनाएको छ । इजरायली सैनिकले अदासेह गाउँ छेउछाउतर्फ अघि बढ्ने प्रयास जारी राखेको र हिजबुल्लाह लडाकुले त्यसको सामना गर्दा झडप भएको विज्ञप्तिमा उल्लेख छ । निरन्तरको झडपपछि हिजबुल्लाह लडाकुले इजरायली सेनालाई त्यस क्षेत्रबाट पछि हट्न बाध्य पारेको विज्ञप्तिमा जनाइएको छ । इरान समर्थित […]

Oct 5, 2024 - 11:09
 0
इजरायली सेना पछि हट्यो : हिजबुल्लाह

काठमाडौं । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमाक्षेत्रमा जारी झडप सक्रिय रहेको शनिबार जनाएको छ । इजरायली सैनिकले अदासेह गाउँ छेउछाउतर्फ अघि बढ्ने प्रयास जारी राखेको र हिजबुल्लाह लडाकुले त्यसको सामना गर्दा झडप भएको विज्ञप्तिमा उल्लेख छ ।

निरन्तरको झडपपछि हिजबुल्लाह लडाकुले इजरायली सेनालाई त्यस क्षेत्रबाट पछि हट्न बाध्य पारेको विज्ञप्तिमा जनाइएको छ ।

इरान समर्थित लेबनानी समूहले दक्षिण लेबनानको यारुनमा ‘साल्वो रकेट’ साथै सीमापार क्षेत्रमा रहेका सैनिकलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ ।

हिजबुल्लाह र इजरायलले लामो समयदेखि दैनिक सीमापार गोलाबारी गर्दै आएका छन् ।

विस्थापितको उचित व्यवस्थापनका निम्ति इजरायलको उत्तरी क्षेत्रलाई सुरक्षित बनाउने प्रयासमा हिजबुल्लाहलाई लक्षित गरिरहेको भन्दै इजरायलले बमबारीलाई तीव्र बनाएको छ । इजरायलले यसै साता आफ्नो सेनाले दक्षिणी लेबनानका केही भागमा भूमि आक्रमण सुरु गरेको घोषणा समेत गरेको छ । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register