झलनाथ खनालले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । शनिबार काठमाडौंको बल्खुमा बाढीपीडितलाई खाद्यान्न वितरण कार्यक्रममा खनालले सरकारले प्राकृतिक विपत्तिको तयारी राम्रो हुन नसक्दा ठूलो धनजनको क्षति भएको र जनता समस्यामा परेको भन्दै वर्तमान सरकारले राजीनामा दिनुपर्ने बताए । उनले अहिले सरकार भएको आभाष नभएकाले जनताले […]

Oct 5, 2024 - 13:01
 0
झलनाथ खनालले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

शनिबार काठमाडौंको बल्खुमा बाढीपीडितलाई खाद्यान्न वितरण कार्यक्रममा खनालले सरकारले प्राकृतिक विपत्तिको तयारी राम्रो हुन नसक्दा ठूलो धनजनको क्षति भएको र जनता समस्यामा परेको भन्दै वर्तमान सरकारले राजीनामा दिनुपर्ने बताए ।

उनले अहिले सरकार भएको आभाष नभएकाले जनताले आफ्नो सरकार बनाउने बाटो खुला गनुपर्ने जिकिर गरे । अहिलेको सरकार पूर्णरुपमा फेला भएकाले विपक्षीमा रहेका दलहरु अघि बढेर काम गर्नुपर्ने उनको भनाइ छ ।

खनालले मौसमविद्हरुले ठूलो वर्षा हुनसक्ने जानकारी गराउँदा पनि त्यसको तयारी सरकारले बेलैमा राम्रो ढंगले गर्न नसक्दा ठूलो धनजनको क्षति भएको भएको जिकिर गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register