ताप्लेजुङ झापा सरोकार समाज बिर्तामोडमा तेजप्रसाद

बिर्तामोड, १९ असोज । ताप्लेजुङ झापा सरोकार समाज बिर्तामोड नगर समितिको दोस्रो अधिवेशनले तेजप्रसाद सिटौलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । समितिको विर्तामोडमा सम्पन्न अधिवेशनले उपाध्यक्षत्रयमा देवीप्रसाद खरेल, तारा कार्की र तारा चापागाईं चयन भएका छन् । त्यस्तै सचिवमा विष्णुप्रसाद थापा, सहसचिवमा प्रकाश भट्टराई र कोषाध्यक्षमा पुष्पा प्रसाईं चयन भएको निर्वाचन समितिका संयोजक रुद्र सिटौलाले [...] The post ताप्लेजुङ झापा सरोकार समाज बिर्तामोडमा तेजप्रसाद appeared first on Jhapa Online.

Oct 5, 2024 - 14:14
 0
ताप्लेजुङ झापा सरोकार समाज बिर्तामोडमा तेजप्रसाद

बिर्तामोड, १९ असोज । ताप्लेजुङ झापा सरोकार समाज बिर्तामोड नगर समितिको दोस्रो अधिवेशनले तेजप्रसाद सिटौलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समितिको विर्तामोडमा सम्पन्न अधिवेशनले उपाध्यक्षत्रयमा देवीप्रसाद खरेल, तारा कार्की र तारा चापागाईं चयन भएका छन् । त्यस्तै सचिवमा विष्णुप्रसाद थापा, सहसचिवमा प्रकाश भट्टराई र कोषाध्यक्षमा पुष्पा प्रसाईं चयन भएको निर्वाचन समितिका संयोजक रुद्र सिटौलाले जानकारी दिनुभयो । समितिको सदस्यहरूमा हरि सिटौला, रत्नकुमार श्रेष्ठ, कृष्णकला खरेल, कमला कार्की, शेरबहादुुर मादेन र भिमबहादुर मोक्तान, तामाङ रहेका छन् । १९ सदस्यीय नगर कार्यसमितिमा प्रतिनिधित्व हुन नसकेका वडाबाट कार्यसमितिको बैठकले मनोनयन गर्ने बताइएको छ ।

नयाँ नेतृत्व चयनका लागि रुद्र सिटौलाको संयोजकत्वमा रेजिना गौतम र लक्ष्मी खरेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । समितिका सचिव विष्णु थापाले गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष तारा चापागाईंले गर्नुभएको कार्यक्रममा ज्येष्ठ नागरिकहरु ८१ वर्षिय अग्नीप्रसाद खतिवडा र ७३ बर्षिया रेनुका सिटौला उप्रेतीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

The post ताप्लेजुङ झापा सरोकार समाज बिर्तामोडमा तेजप्रसाद appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register