घुमुवा भन्दै रकम असुल्ने पक्राउ

झापा, २८ असोज । प्रहरी प्रमुखको घुमुवा भन्दै स्थानीय व्यवसायी सँग रकम असुलेको आरोपमा प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा परोहा नगरपालिका‍–२ निवासी ३५ वर्षीय सुनिल कुमार बैठा रहेका छन् । प्रहरीले उनको साथबाट २२ पोका गाँजा २०० ग्राम, नाइट्रोभेट ट्याब्लेट १० पिस, कोकस डिएक्स–१ बोतल –१, मोबाइल थान [...] The post घुमुवा भन्दै रकम असुल्ने पक्राउ appeared first on Jhapa Online.

Oct 14, 2024 - 11:54
 0
घुमुवा भन्दै रकम असुल्ने पक्राउ

झापा, २८ असोज । प्रहरी प्रमुखको घुमुवा भन्दै स्थानीय व्यवसायी सँग रकम असुलेको आरोपमा प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा परोहा नगरपालिका‍–२ निवासी ३५ वर्षीय सुनिल कुमार बैठा रहेका छन् । प्रहरीले उनको साथबाट २२ पोका गाँजा २०० ग्राम, नाइट्रोभेट ट्याब्लेट १० पिस, कोकस डिएक्स–१ बोतल –१, मोबाइल थान १, नगद १७ हजार, ९सय ३५ रुपैयाँ र प्रदेश २–०३–०१९ प ९५३७ नम्बरको मोटरसाइकल बरामद जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बैठाले परोहा–२ लाल बकैयाको एकान्त बाटोमा कुरेर आवतजावत गर्ने व्यवसायीसँग जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी उपरिक्षक दिलीप घिमिरेको सादा पोसाकको प्रहरी हुँ भन्दै रकम असुली गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

The post घुमुवा भन्दै रकम असुल्ने पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register