ताप्लेजुङमा पहिरोमा परेर एक जनाको मृत्यु

ताप्लेजुङ, १९ असोज । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको भ्रमणमा आएका एक ट्रेकिङ समूहका भान्सेको सुख्खा पहिरोमा परी मृत्यु भएको छ । प्रहरीका अनुसार सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–५ याफुका ४१ वर्षीय टीकाबहादुर राईको सुख्खा पहिरोमा परी मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार तीनजना जापानिज नागरिक सहितको [...] The post ताप्लेजुङमा पहिरोमा परेर एक जनाको मृत्यु appeared first on Jhapa Online.

Oct 5, 2024 - 17:26
 0
ताप्लेजुङमा पहिरोमा परेर एक जनाको मृत्यु

ताप्लेजुङ, १९ असोज । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको भ्रमणमा आएका एक ट्रेकिङ समूहका भान्सेको सुख्खा पहिरोमा परी मृत्यु भएको छ ।

प्रहरीका अनुसार सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–५ याफुका ४१ वर्षीय टीकाबहादुर राईको सुख्खा पहिरोमा परी मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार तीनजना जापानिज नागरिक सहितको ट्रेकिङ समूह कञ्चनजङ्घा आधार शिविरतर्फ जाने क्रममा शनिबार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको इटहरीमा माथिबाट झरेको पहिरोमा परी राइको घटनास्थलमै मृत्यु भएको हो । ट्रेकिङ समूहका अन्य सबै जना सकुशल रहेका प्रहरीले जानकारी दिएको छ ।

The post ताप्लेजुङमा पहिरोमा परेर एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register