नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ जारी गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड (एनआईआईएफ)ले आईपीओ जारी गर्ने भएको छ । आईपीओ निष्कासनका लागि एडभाइजरी सेवा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले प्रदान गर्ने भएको छ ।   एडभाइजरी सेवा सम्बन्धी समझदारीपत्रमा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्डका कार्यकारी अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गरेका हुन् । ग्लोबल इक्विटी फन्ड लिमिटेडले […]

Oct 6, 2024 - 07:37
 0
नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आईपीओ जारी गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड (एनआईआईएफ)ले आईपीओ जारी गर्ने भएको छ । आईपीओ निष्कासनका लागि एडभाइजरी सेवा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले प्रदान गर्ने भएको छ ।  

एडभाइजरी सेवा सम्बन्धी समझदारीपत्रमा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्डका कार्यकारी अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गरेका हुन् ।

ग्लोबल इक्विटी फन्ड लिमिटेडले स्थापना गरेको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्ड नेपालका बीमा कम्पनीहरूको स्थायी लगानी उपकरण हो । यो कृषि, स्वच्छ ऊर्जा र स्वच्छ टेक, पर्यटन, आईसीटी, स्वास्थ्य सेवा र उत्पादनमूलक क्षेत्र केन्द्रित लगानी उपकरण हो । 

२९ कात्तिक २०७९ मा दर्ता भएको एनआईआईएफले २०८० माघ ५ मा पहिलो लगानी गरेको थियो । यसको अधिकृत पुँजी १५० करोड रुपैयाँ र जारी पुँजी १२० करोड रुपैयाँ छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत आईपीओ निष्कासनका लागि छुट्ट्याएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register