अभ्यास खेलमा नेपालले क्यानडाको टोलीलाई हरायो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडा ‘ए’ लाई ५० ओभरको अभ्यास खेलमा पराजित गरेको छ । क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले टोरोन्टोको किंग सिटीमा भएको खेलमा क्यानडा ‘ए’ लाई २० रनले पराजित गरेको हो । १ सय ७७ रनको लक्ष्य पछ्याएको क्यानडाको टोली ४५.३ ओभरमा १५६ रनमा अलआउट भयो । नेपालका ललित नारायण राजवंशी […]

Oct 6, 2024 - 07:53
 0
अभ्यास खेलमा नेपालले क्यानडाको टोलीलाई हरायो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडा ‘ए’ लाई ५० ओभरको अभ्यास खेलमा पराजित गरेको छ ।

क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले टोरोन्टोको किंग सिटीमा भएको खेलमा क्यानडा ‘ए’ लाई २० रनले पराजित गरेको हो ।

१ सय ७७ रनको लक्ष्य पछ्याएको क्यानडाको टोली ४५.३ ओभरमा १५६ रनमा अलआउट भयो ।

नेपालका ललित नारायण राजवंशी र गुलशन कुमार झाले समान २ तथा दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल भुर्तेलले समान १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुनुपूर्व १ सय ७६ रन बनायो ।

नेपालका लागि कप्तान सोमपाल कामीले सर्वाधिक ३१ रन, दीपेन्द्रसिंह ऐरीले २७, ओपनर अनिल शाहले २५ तथा आरिफ शेखले १८ रन जोडे ।

अमेरिकामा विश्वकप लिग टु र टी-२० प्रतियोगितामा जानुअघि नेपालले क्यानडामा अभ्यास खेल खेलेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register