प्रदीप ज्ञवालीलाई पर्यटनमन्त्री बद्री पाण्डेको धन्यवाद

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीलाई धन्यवाद दिएका छन् । नेता ज्ञवालीले यसअघि बाजुराको पर्यटकीय स्थल बडिमालिका भ्रमण गरेका थिए । यसपछि भ्रमणका फोटोहरू फेसबूकमा राखेका थिए । नेता ज्ञवालीले भ्रमणका फोटोहरू राख्दै भनेका छन्— एकान्त, शान्त र प्रसिद्ध आध्यात्मिक शिखर बडिमालिका, फेदीमा अक्षत र अप्रतिम […]

Oct 6, 2024 - 07:57
 0
प्रदीप ज्ञवालीलाई पर्यटनमन्त्री बद्री पाण्डेको धन्यवाद

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीलाई धन्यवाद दिएका छन् ।

नेता ज्ञवालीले यसअघि बाजुराको पर्यटकीय स्थल बडिमालिका भ्रमण गरेका थिए । यसपछि भ्रमणका फोटोहरू फेसबूकमा राखेका थिए ।

नेता ज्ञवालीले भ्रमणका फोटोहरू राख्दै भनेका छन्— एकान्त, शान्त र प्रसिद्ध आध्यात्मिक शिखर बडिमालिका, फेदीमा अक्षत र अप्रतिम त्रिवेणी पाटन ! भर्खरै खानीबाट बाहिर निकालिएको हिराजस्तो पर्यटकीय गन्तव्य ।

यसपछि मन्त्री पाण्डेले नेता ज्ञवालीलाज्ञ धन्यवाद भनेका हुन् । मन्त्री पाण्डे बाजुराबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । आफ्नो जिल्लाको पर्यटकीय स्थल भ्रमण गरेपछि खुसी व्यक्त गर्दै मन्त्री पाण्डेले धन्यवाद भनेका हुन् ।

उनले नेता ज्ञवालीको फोटो साझा गर्दै लेखेका छन्— प्रदीप ज्ञवालीज्यूले हालै मेरो गृहजिला बाजुरास्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको भ्रमण गरी फेसबूकमा तस्वीरहरू राख्नुभएको देख्दा निकै खुसी लाग्यो । बडिमालिका जस्तै देशका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमण तथा त्यहाँको अलौकीक दृश्यहरूलाई सामाजिक सञ्जालमा राख्दा ती क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न सहयोग पुग्छ । साथै अरुलाई पनि भ्रमणका लागि उत्प्रेरित गर्छ । बाजुरा जिल्ला भ्रमण गर्नुभएकोमा बाजुराका बासिन्दाको तर्फबाट यहाँलाई धन्यवाद ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register