माफी मागेपछि जेलबाट रिहा भए ‘सिधाकुरा’का पत्रकार

उनीहरूले माफी मागेमा सात दिन मात्रै थुनामा राख्न आदेश दिइएको थियो । त्यसपछि उनीहरूले माफी मागेर कैद कट्टा गरेका हुन् ।

Oct 6, 2024 - 08:49
 0
माफी मागेपछि जेलबाट रिहा भए ‘सिधाकुरा’का पत्रकार

काठमाडौं । सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुङ्गाना एक सातापछि कारागारमुक्त भएका छन् ।

समाचार प्रकाशन प्रशारणको विषयमा अदालतको अवहेलना मुद्दामा केन्द्रीय कारागार सुन्धारामा रहेका कँडेल र ढुंगानाले ‘गल्ती भएको भन्दै माफी मागेपछि’ प्रक्रिया पुरा गरेर आइतबार कारागारमुक्त भएका हुन् ।

कारागारमुक्त भएपछि सिधाकुराको कार्यालयमा उनीहरूलाई स्वागत गरिएको छ ।

सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले आइतबार अदालतको मानहानि गरेको ठहर गर्दै उनीहरु दुवैलाई जनही तीन महिना जेल सजाय सुनाएको थियो ।

तर, उनीहरूले माफी मागेमा सात दिन मात्रै थुनामा राख्न आदेश दिइएको थियो । त्यसपछि उनीहरूले माफी मागेर कैद कट्टा गरेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी मुद्दामा न्यायाधीशहरूले आर्थिक लाभ लिएर फैसला गरेको भन्दै सिधाकुरा अनलाइनले ‘डार्क फाइल’ का नाममा फेक अडियो प्रसारण गरेको थियो । जुन कुरामा अहिले प्रकाशक कँडेल र सम्पादक ढुङ्गाना आफैँले गल्ती भन्दै माफी मागेका छन् ।

उक्त सामग्रीले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेले सिधा कुराविरुद्ध निवेदन दिएका थिए ।

‘फेक अडियो’ निर्माण गर्ने राजकुमार तिमल्सिनालाई भने ६ महिना कैद सजाय सुनाइएको छ । तिमल्सिनालाई भने भने माफी मागेपछि नछाडिने भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register