बागमती प्रदेश सभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण सार्वजनिक हुने

Jun 15, 2023 - 03:12
 0
बागमती प्रदेश सभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण सार्वजनिक हुने
बागमती प्रदेश सभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण सार्वजनिक हुने

काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बिहीबार बस्दैछ ।बैठक दिउँसो २ बजे हेटौंडा स्थित प्रदेश सभा भवनमा बस्नेछ । आजको बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने र छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले आर्थिक सर्वेक्षण पेश गर्ने गर्नेछन् ।भोली असार १ गते बस्ने प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्ने कार्यसूची रहेको छ ।

यसअघि प्रदेश सभाको बैठक गत जेठ १९ गते प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गरिसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1