होन्डाको नयाँ योजना : चार जनाले जिते जनही १ लाख रुपैयाँ

काठमाडौं । होन्डा नेपालबाट बाइक तथा स्कुटर खरिद गर्ने चार जना ग्राहकहरूले जनही १ लाख रुपैयाँ नगद जितेका छन् । कम्पनीको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होन्डाको खुसीयाली बारबार’ अन्तर्गत चार भाग्यशाली ग्राहकहरूले नगद पुरस्कार जितेका हुन् । दशैं, तिहार र छठ पर्वको रौनक मनाउन सुरु गरिएको यस योजनालाई नेपालभरका ग्राहकहरूले अत्यन्त मन पराएको होन्डा नेपालको […]

Oct 6, 2024 - 12:25
 0
होन्डाको नयाँ योजना : चार जनाले जिते जनही १ लाख रुपैयाँ

काठमाडौं । होन्डा नेपालबाट बाइक तथा स्कुटर खरिद गर्ने चार जना ग्राहकहरूले जनही १ लाख रुपैयाँ नगद जितेका छन् । कम्पनीको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होन्डाको खुसीयाली बारबार’ अन्तर्गत चार भाग्यशाली ग्राहकहरूले नगद पुरस्कार जितेका हुन् ।

दशैं, तिहार र छठ पर्वको रौनक मनाउन सुरु गरिएको यस योजनालाई नेपालभरका ग्राहकहरूले अत्यन्त मन पराएको होन्डा नेपालको दाबी छ । सो योजनाअन्तर्गत, यो चाडपर्वको समयमा होन्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा १० लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाउनेछन् । विजेताहरूलाई स्क्र्याच कार्डमार्फत छनोट गरिएको हो ।

विजेताहरूमा तिरुमाला मोटर्स एकान्तकुनाबाट सवारी साधन खरिद गर्ने निश्चल घर्ती, युनाइटेड माटर्स प्रा.लि. भरतपुर, चितवनबाट सवारी खरिद गर्ने प्रतिमा भण्डारी, आस्था ट्रेडर्स, वालिङ स्याङ्जाबाट सवारी खरिद गर्ने सन्तोष सुवेदी र के।डी। अटोमोवाइल्स, महेन्द्रनगर, कन्चनपुरका शान्ति साउद रहेका छन् ।

‘हाम्रो चाडबाड, होन्डाको खुसीयाली बारबार’ योजना अझै चलिरहेको छ, जसले ग्राहकहरूलाई थप रोमाञ्चक नगद पुरस्कार जित्ने अवसर दिने कम्पनीले जनाएको छ । यो योजना होन्डा इजी फाइनान्समा पनि उपलब्ध छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register