जित फाउण्डेशनद्वारा विपन्न विद्यार्थीलाई स्विटर र शैक्षिक सामग्री वितरण 

काठमाडौं।  समाजसेवामा सक्रिय रहँदै आएको जित फाउन्डेसन नेपालले सिन्धुपाल्चोक स्थित इन्द्रावती गाउँपालिका वार्ड नं  १२ भाङ्टारमा रहेको इन्द्रावती आधारभूत विद्यालयमा अध्ययनरत विपन्न १३५ जना बालबालिकाका लागि स्विटर र शैक्षिक सामाग्री वितरण गरेको छ । फाउन्डेसनले हालै एक कार्यक्रमको आयोजना गरी माझी बस्तीका ती विपन्न  विद्यार्थीलाई स्विटर र शैक्षिक सामाग्री वितरण गरेको हो ।    वाग्मती […]

Oct 6, 2024 - 13:19
 0
जित फाउण्डेशनद्वारा विपन्न विद्यार्थीलाई स्विटर र शैक्षिक सामग्री वितरण 

काठमाडौं। 

समाजसेवामा सक्रिय रहँदै आएको जित फाउन्डेसन नेपालले सिन्धुपाल्चोक स्थित इन्द्रावती गाउँपालिका वार्ड नं  १२ भाङ्टारमा रहेको इन्द्रावती आधारभूत विद्यालयमा अध्ययनरत विपन्न १३५ जना बालबालिकाका लागि स्विटर र शैक्षिक सामाग्री वितरण गरेको छ । फाउन्डेसनले हालै एक कार्यक्रमको आयोजना गरी माझी बस्तीका ती विपन्न  विद्यार्थीलाई स्विटर र शैक्षिक सामाग्री वितरण गरेको हो । 

  वाग्मती प्रदेशका प्रदेश सदस्य कुमारी तामाङको प्रमुख आतिथ्यता तथा जित फाउन्डेसन नेपालका अध्यक्ष बद्रि सिलवालको विशेष आतिथ्यतमा विपन्न विद्यार्थीलाई ती सामाग्रीहरू वितरण गरिएको थियो । सो कार्यक्रममा विद्यालयका विभिन्न कर्मचारीहरु तथा स्थानीय राजनीतिकर्मीहरुको सहभागिता रहेको थियो । सो विद्यालयमा विपन्न विद्यार्थीलाई फाउण्डेशनका तर्फबाट सामाग्रीहरू वितरण गर्न स्थानीय समाजसेवी बाबुराम खड्काले पहल गरेका थिए । 

  हाल अष्ट्रेलिया बसोबास गर्दै आइरहेका ललितपुर निवासी युवा  समाजसेवी अजयसिह सिलवालले आफ्ना स्वर्गिय हजुरबुवा जितबहादुर सिलवालको स्मृतिमा सो फाउन्डेसन स्थापना गरी फाउन्डेसन मार्फत सामाजिक सेवाको कार्य गर्दै आइरहेका हुन् । सो फाउन्डेसनले नेपालको शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, जलाधार संरक्षण , महिला सशक्तीकरणमा योगदान पु¥याउदै आइरहेको र सोही अनुसार गरिब विपन्न माझी बालबालिकालाई स्विटर तथा शैक्षिक सामाग्री वितरण गरिएको फाउण्डेशनका अध्यक्ष बद्री सिलवालले जानकारी दिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register