बुद्ध एयरको स्पष्टिकरण- ‘टिकटको मूल्य इडिट गरेर बढाईयो’ 

काठमाडौँ । बुद्ध एयरले हवाई टिकटको भाडादर इटिड गरेर महँगो बनाई गलत प्रचारबाजी भएको बताएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमा महँगो भाडादरबारे आफ्नो धारणा पोष्ट गर्दै बुद्ध एयरले यस्तो बताएका हो ।  बुद्ध एयरले डिजिटल्ली टिकटमा अंकित रकम इडिट गरेर मूल्य बढी बनाई रकम असुलेको भन्दै गुनासो गरेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।  […]

Oct 6, 2024 - 13:29
 0
बुद्ध एयरको स्पष्टिकरण- ‘टिकटको मूल्य इडिट गरेर बढाईयो’ 

काठमाडौँ । बुद्ध एयरले हवाई टिकटको भाडादर इटिड गरेर महँगो बनाई गलत प्रचारबाजी भएको बताएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमा महँगो भाडादरबारे आफ्नो धारणा पोष्ट गर्दै बुद्ध एयरले यस्तो बताएका हो । 

बुद्ध एयरले डिजिटल्ली टिकटमा अंकित रकम इडिट गरेर मूल्य बढी बनाई रकम असुलेको भन्दै गुनासो गरेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

‘हवाई टिकटमा अंकित रकमलाई डिजिटल्ली एडिट गरेर बढी बनाई रकम असुलेको गुनासोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यात्रु महानुभावहरुले टिकटको वास्तविक मूल्य बुझ्न बुद्ध एयरको वेबसाइटको बाट सजिलै चेकजाँच गर्न सक्नुहुनेछ ।’, बुद्ध एयरले लेखेको छ । 

दशैँ नजिकिएसँगै हवाई टिकटमा दोब्बरले वृद्धि भएपछि नागरिकहरुले एयरलाइन्स कम्पनीहरुको चर्को विरोध गर्दै आएका छन् । केही दिनअघि चर्को भाडा असुलेको भन्दै यात्रुहरुले यति एयरलाइन्सको काउन्टरमा तोडफोड नै गरेका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register